दुई बर्षबाट उडान बन्द पाटन विमानस्थल सिगारिदै

ललित बोहरा, पाटन बैतडी : 

दुई बर्षदेखी उठान बन्द बैतडीको पाटन विमानस्थल थप लगानी हुदैछ । जिल्लाको एक मात्र बिमानस्थलन बन्द भएपनि रंगरोगन तथा सरसफाई सरकारले गरिहेको हो ।

पहाडी जिल्लाको विमानस्थल संरक्षण गर्ने धनगढी विमानस्थलको कार्यालयले रंगरोगन तथा विमानस्थल सरसफाई गरिरहेको धनगढी विमानस्थलका कार्यालय प्रमुख गणेश बहादुर सिहले बताए ।

उनले भने, ‘कार्यालयको निरन्तर बार्षीक कार्यक्रम अनुसार निरन्तर सरसफाई तथा रंगरोगन भइरहेको हो बिमान आउने कुरा अहिले छैन् ।’
रंगरोगन तथा सरसफाईमा कती बजेट खर्च गरिहेको बिषयमा आफुलाई जानकारी नभएको प्रमुख सिहले प्रतिक्रिया दिए ।

करोडौ लगानी गरेर जहाज नचल्ने बिमानस्थलमा थप लगानी भइरहेको देखेर स्थानीयले आक्रोस व्यक्त गरेका छन् । स्थानीयले भने, ‘जहाज नआउने बिमास्थलमा किन थप लगानी गर्नु परेको रहेछ, रंगरोगन पनि एक बिद्यालयमा गरिदिएको भए हुने थियो ।’

पाटन विमान स्थलमा जहाजले उडान भर्न छोडेपछि अहिले तारबार जथाभावी ताडिएको छ । फोटो खिच्ने तथा टिकटक रिल लगायतका भिडियो बनाउने भिडियो क्यामरासहित प्रवेश गरिरहेका देखिन्छन । जथाभावी आवत-जावत बन्द गरिएको तथा क्यामरा ल्याएर फोटो भिडियो बनाएको देखिएका क्यामरा जफत गरेर जरिवाना गरिने पाटन विमानस्थलका सम्र्पक व्यक्ति रोहित अवस्थीले बताए ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.