बैतडी : हेरचाह कार्यमा संलग्न महिला वा पुरुषलाई नगद भुक्तानीको माग गर्ने थालिएको छ । बैतडीको पाटन नगरपालिकामा अक्सफाम नेपालको सहयोगमा युवालयले आयोजना गरिएको घरेलु र बेतलबी केयर कामदारको रूपमा महिलाको हेरचाह संवाद कार्यक्रममा सहभागीले यस्ताे माग गरेका हुन्र ।
बिहीबार आयोजना गरिएकाे कार्यक्रममा घरेलु तथा स्थानीय स्तरका कामदारहरुको अवस्था र श्रमको सम्मानका बिषयमा छलफल गरिएको युवालयले जनाएको छ ।
घरायसी काम गर्ने गृणीहरुलाई तलबसंग कसरी जोडन् सकिन्छ भने बिषयमा समेत बृहत छलफल भएको वडा नम्बर ५ का वडा अध्यक्ष फुनी बोहराले बताए ।
उनले श्रमको सम्मान धनी वा गरिब जोसुकैले गर्नु पर्नेमा जोड दिए । यस्तै कार्यक्रमका सहभागीले हाम्रो समुदायका नागरिकको सोच परिर्वतन गर्ने खालका कार्यक्रम नगरपालिकाले संचालन गर्नु पर्ने माग राखे । महिला समुहका अध्यक्षहरुले सडक मात्र विकास नभई जनताको चेतनास्तरमा बृद्धीका कार्यक्रम नगरपालिकाबाट पनि गर्नु पर्ने धारणा राखेका थिए ।
नगरप्रमुख गौरी सिह रावलले हाम्रो समुदायको परिस्थीती बमोजीम हिड्न सके पारिवारीक मेलमिलाप राम्रो हुने धारणा राखे । आफुले बैदेशिक रोजगारमा काम गर्दा केयर कामदारको रुपमा काम गरेको अनुभव सुनाउदै नगरप्रमुख रावलले यसलाई कसरी तलबसंग जोड्ने बिषयमा नगरपालिका गम्भीर रुपले छलफल गर्ने बादी गरे ।
युवालयले देशका ३५ स्थानीय तहमा यो कार्यक्रम संचालन गरिहेको पाटन नगरपालिका रोजगार सहायक तथा कार्यक्रमका सहजकर्ता खेमराज अवस्थीले बताए ।
कार्यक्रम नगर प्रमुख रावल, उपप्रमुख कमलसिह बोहरा, वडा अध्यक्ष, शाखा प्रमुखहरु, महिला समुहका अध्यक्ष, सहकारी का अध्यक्ष, युवा संञ्जालका अध्यक्ष, सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।