बैतडी: बैतडीको पाटन नगरपालिका-४ को सडक घुम्तीमा दुई प्रहरी उभिएको देखिन्छन् । झट् हेर्दा लाग्छ सडक सुरक्षामा खटिएका प्रहरी अब गाडी रोक्नुस कागजात देखाउनु भन्ने हुन्, जस्तै अधिकाँस सवारीका चालकले यहाँ पुग्दा झुकिएर वा हेर्नेका लागि गाडीकाे ब्रेक लगाई हाल्छन् ।
घुम्ती सुधार भएपछि सडक डिभिजन पाटनले फराकिलो सडक बनाएकाले सवारी साधन तिब्र गतिमा घोइकिन्छन् । तर यहाँ उभिएका प्रहरीले ट्राफिक प्रहरीको याद आउछ र तिब्रगति एक छिनलाइ कम हुन्छ । चालक धिरेन्द्र ऐरीले भने, ‘अहिले सडकमा सुरक्षा निकायको उपस्थिति प्रहरीकाे शालिकले बढाएको छ ।’
गत बर्ष संघ र प्रदेशको निर्वाचन सम्पन्न गरेपछि आफ्नो कार्यक्षेत्रमा पुग्ने समयमा जिप दुर्घटनामा मृत्युवरण गरेका देशका गहना दुई सुरक्षाकर्मीको शालिक बनेकाे छ । मत पेटीका बैतडी मुख्य निर्वाचन कार्यालयसम्म पुत्याएर कार्यक्षेत्रमा नपुदै दुई म्यादी प्रहरीसहित ४ जनाले ज्यान घुमाएका थिए । उनीरुको अहिले शालिक निमार्णले प्रहरीको सम्झना मात्र हैन । सडक दुर्घटना समेत रोकेको चालक बिरेन्द्र बिष्टले बताए ।
डोटी जिल्लाको दिपायल शिलगढी नगरपालिका २ बस्ने अमर प्रहरी सहायक हवल्दार अर्जुन बहादुर कठायत र अजयमेरु गाउँपालिका ४ मडका धिर्कबहादुर बिष्टको शालिक घरपरिवाले निमार्ण गरेका हुन् ।