सेफहावस निरन्तर संचालनका लागि स्थानीय तहसंग आर्थिक सहयोग माग

ललित बोहरा,बैतडी : सुरक्षीत आवास गृह संञ्चालनका लागि बैतडीको पाटन नगरपालिकाले जिल्लाभरका स्थानीय तहलाई प्रस्तावना पेश गरिरहेको छ ।

पाटन नगरपालिकाले संचालन गरिरहेको सुरक्षीत आवास गृहमा १० वटै स्थानीय तहका सेवा ग्राही आउने भएकाले सबै स्थानीय तहले आर्थिक सहयोग गर्नु पर्ने आवश्यकता देखिएको जनाएकाे छ ।

अहिले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको आर्थिक सहयोगले सुरक्षीत आवस गृह संचालनमा छ । जिल्ला भित्रका स्थानीय तहका हिसां प्रभावीत महिला तथा बालबालीकालाई सुरिक्षीत राख्ने गरिन्छ ।

कानुनी लडाई समेत सेफहावसबाट लड्ने, खाना, बास, तथा कपडा समेत दिनु पर्ने अवस्था आउने भएकाले आर्थिक सहयोगका लागि प्रस्तावाना पेश भइरहेको सुरक्षीत आवास गृह संचालन समिति संयोजक तथा पाटन नगरपालिका उपप्रमुख कमल सिह बोहरा अपीले बताए ।

अहिले मेलौली नगरपालिका र शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा प्रस्ताव पेश गरिएको नगर उपप्रमुख बोहराले बताए । बजेट निर्माण प्रक्रिया सुरु भइरहेकाले १० वटै स्थानीय तहलाई बजेट विनियोजनका लागि प्रस्तावना पेश गरिरहेको पाटन नगरपालिका महिला, बालबालीका तथा जेष्ठ नागरिक शाखा प्रमुख बिष्ना भण्डारी बिष्टले बताइन् ।

जिल्ला प्रहरीमा आएका हिंसात्मक घटनाहरु प्रभावीतहरुलाई केही समय सुरक्षीत राख्न पाटन पठाउने गरेको छ ।
सुरक्षित आवास गृह सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७९ निमार्ण गरेर अन्य स्थानीय तहबाट रकम संकलन गर्ने थालेको हो ।

यो पनि हेनुस..

सदरमुकामको दशरथचन्द नगरपालिकालाई हिसां प्रभावित महिला खोजेर पाटन पठाउनु पर्ने बाध्यता

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.