बैतडी : बैतडीको पाटन नगरपालिका-१ मा पर्ने कैलाश मावि डैसिलीमा कक्षा ९ औपचारिक शुभारम्भ गरिएको छ । कक्षा ९ मा अध्ययन गर्ने भर्ना भएका १९ बिद्यार्थीहरुलाई स्वागत गर्दै ध्यमीक विद्यालय सुरू भएको घोषणा गरिएको हो ।
शुक्रबार एक औपचारिक कार्यक्रमका बिच माध्यमिक विद्यालय सुरू भएको घोषणा गरिएको प्रध्यानाध्यपक गगन सिह बोहराले बताए ।
पाटन नगरपालिकाको कार्यपालिकाले संचालन अनुमती दिएपछि यो बर्षदेखी कक्षा ९ अध्यपन गराउन सुरु गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा अध्यक्ष तर्कसिह ठगुन्नाले बताए ।
डैसिलीमा मावि नहुदाँ यहाँका बिद्यार्थीले २ घण्टा हिडेर अन्त्र बिद्यालय जानु पर्ने बाध्यता थियो ।
मावि बिद्यालय संचालनका लागि चन्दा संकलन तिब्र रुपमा भइरहेको छ । शिक्षाप्रेमी, शिक्षक, पूर्वबिद्यार्थी, अभिवावक, कर्मचारी, समाजसेजी,राजनितीज्ञहरुलाई आर्थिक सहयोगका लागि अपिल गरिएको प्रचार प्रसार समिति संयोजक ललित सिह बोहराले बताए ।
कैलाश माविमा डडेल्धुराको अजयमेरु गाउँपालिका २ का बिद्यार्थी समेत अध्ययन गर्ने गरेका छन् ।