उत्तराखण्डको डढेलोमा परी बझाङका २ युवकको मृत्यु

बझाङ: बझाङका दुई जना युवकको भारतको उत्तराखण्डमा डढेलोमा परेर मृत्यु भएको छ । बझाङको छबिसपाथिभेरा गाउपालिका–६ का अन्दाजी ३० वर्षीय ज्ञानु चलाउने र त्यही गाउँपालिका ३० वर्षीय दीपक पुजाराको मृत्यु भएको हो।

पारिवारिक स्रोतका अनुसार उत्तराखण्डको पात्ली बगर भन्ने ठाउँको जंगलमा सल्किएको डढेलोमा परेर उनीहरूको मृत्यु भएको जनाएको छ। उनीहरू त्यहाँ खटो निकाल्ने मजदुरीको काम गर्दै आएका थिए। मजदुरी गरेर परिवार पालिरहेका उनीहरूको निधन भएपछि परिवार समस्यामा परेका छन्।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.