बैतडी विमानस्थलको सुरक्षासंगै सरसफाईमा नेपाल प्रहरी

बैतडी : बैतडी विमानस्थलको सुरक्षासंगै सरसफाईमा नेपाल प्रहरी जुटेको छ । शनिबार इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रमुख प्रहरी  निरीक्षक (इन्सपेक्टर) सरोज ठकुराठी नेतृत्वको टिमले पाटन विमानस्थल सरसफाई गरेको हो ।

विमानस्थलको कार्यालय वरपर र विमानस्थलमा फाेहाेर बढन्र थालेपछि प्रहरीले सरसफाई गरेको जनाएको छ । प्रहरीले विमानस्थलमा रेखदेख बढाएको छ । जथाभावी एर्यपोटमा प्रवेश गरेर फोहोर गर्ने तथा मोटरसाईकल समेत चलाउन थालेपछि प्रहरी सक्रिय बनेको हो । विमानस्थलको कार्यालयमा अहिले प्रहरीले आवास गृह समेत बनाएको छ ।

तारबार जिर्ण हुदाँ करिब ८ स्थानबाट विमानस्थल प्रवेश गरेर आउने जाने बाटो स्थानीयले बनाएका छन् । घुम्न आउने पर्यटकले समेत मुख्य गेटमा ताला लगाएको देखेपछि भत्काएको बाटो नै प्रयोग गर्ने गरेका छन् ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.