बैतडी: बैतडीको सिगास गाउँपालिका गाजरीमा एक दिने स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा शनिबारका दिन गाजरी स्वास्थ्य चौकीमा विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य शिबिर सम्पन्न गरिएको गाजरी स्वास्थ्य चौकीका प्रमख जनक सिह धामीले बताए ।
एक दिने शिविरमा ३ सय ६५ जनाले विभिन्न स्वास्थ्य सेवा लिएको उनले बताए । शिविरमा महिलाहरुको तल्लो पेट सम्बन्धि समस्या , पाठेघर ,पिसा चुहिने कम्वर दुख्ने , समस्या ,प्रजनन स्वास्थ्य, नसर्ने रोगको जाँच तथा उपचार, मानसिक रोगको परार्मष, दन्त सेवा,नाक कान सम्बन्धीका सेवा दिएको आयोजक स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।