डडेल्धुरा : शनिबार एकाविहानै अमरगढी नगरपालिका-५ ऋषि खोला सामुदायिक वनमा फैलिएको वन डढेलो डिभिजन वन कार्यालय नजिकै देखिन थालेपछि कर्मचारी एक जुट भएर डढेलो नियन्त्रण गरे ।
डडेल्धुरा सदरमुकाम हुँदै मालम जाने सडक नजिकै रहेको खानेपानी ट्याङ्की रहेको ऋषि खोला सामुदायिक वनमा फैलिएको वन डढेलो डिभिजन वन कार्यालय पुग्न थालेपछि कर्मचारीहरुले नियन्त्रण गरेका छन् ।
ऋषि खोला सामुदायिक वन लगायतका डडेल्धुरा अधिकास वनमा वन डढेलो लागेको छ । वन डढेलो नियन्त्रण गर्ने न समुदायीक वनका उपभोक्ताहरु लागे छन् न त डिभिजन वन कार्यालय डडेल्धुरा । सबै गाउँ एक जुट भएर वन डढेलो नियन्त्रण गर्ने सकिने उदाहरण दिदै कर्मचारीहरु मिलेर वन डढेलो नियन्त्रणमा दिएका छन् ।