बैतडी:
बैतडीको मेलौलीमा शुक्रबारदेखि बिशेषज्ञ सेवासहित मेलौलीमा बृहत स्वास्थ्य शिविर सुरु भएको छ ।
बैतडी समाज कैलालीको आयोजना र मेलौली नगरपालिका बैतडीको सहकार्यमा शिविर सञ्चालन भएको मेलौली नगरपालिका नगरप्रमुख भिम चन्दले बताए ।
स्वास्थ्य शिविरको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एक कार्यक्रमकाबीच शुक्रबार उद्दघाटन गरेका छन् । स्वास्थ्य शिविर उद्दघाटन कार्यक्रममा बैतडी प्रदेश सभा क्षेत्र नं २ का प्रदेशसभा सदस्य शिवराज भट्ट, दार्चुलाका प्रदेशसभा सदस्य विक्रमसिंह धामी लगायतको उपस्थिती रहेको थियो ।
बैतडीको तल्लोसोराड क्षेत्रका नागरिकको बिशेषज्ञ स्वास्थ्य सेवामा पहुँच पुर्याउन शिविरको आयोजना गरिएको बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले बताए ।
तीनदिन सम्म सञ्चालन हुने शिविरमा बिशेषज्ञ चिकित्सकहरुले सेवा दिइरहेका मेलौली नगरपालिकाले जनाएको दिए । शिविरमा आँखा, नाक, कान, घाँटी सम्बन्धी सेवा दिइनुका साथै अन्य सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।
शिविर सञ्चालनमा बैतडी समाज कैलालीका साथै धनगढी नेत्रालय, च्यारेटी हेल्थ फाउण्डेसन लगायतका संस्थाहरुको समेत सहयोग रहेको छ । शिविरको उद्दघाटन गर्दै मुख्यमन्त्री शाहले दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउन यस्ता शिविरहरुले सहयोग गर्ने बताए । अगामी दिनमा पनि सरकारले यस्ता कार्यक्रम गर्ने उनले दाबी गरे ।