बैतडीको पाटन बजार नजिक एक पुरुष मृत फेला

ललित बोहरा(पाटन) बैतडी :

बैतडीको पाटन बजार नजिक एक पुरुष मृत फेला परेका छन् । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ काे मुख्य बजारको पछाडी रिङरोडको तल २१ बर्षीय दिपेन्द्र घर्तीमगर मृत फेला परेका हुन् ।

दाङ घर भइ हाल पाटनमा लामो समयदेखी सरसरफाईको क्षेत्रमा काम गर्ने पुस्तल घर्तीमगर (जोकर) का छोरा दिपेन्द्रकाे शव फेला परेको हो ।

स्थानीयको जिर्णघरमा बस्दै आएका उनको शव घरको पछाडी घोपटो परेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

मदिरा सेवन गरिराख्ने दिपेन्द्र जिर्णघरको बादलीबाट खसेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । घटनास्थलमा अहिले प्रहरी पुगेर अनुसन्धान गरिहेको जनाएको छ । घटनास्थलको बैतडीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतका टिमले समेत निरिक्षण गरेको छ ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.