बैतडीमा निर्देशिका विपरित खोटो संकलन, वन विनाश

ललित बोहरा : बैतडीका सल्लेरी वनमा निर्देशिका विपरित खोटो संकलन भइरहेको छ। सामुदायिक वनका पदाधिकारी, खोटो संकलन गर्ने कम्पनी र वनकर्मीको मिलेमतोमा निर्देशिका विपरित खोटो संकलन भइरहेको हो।

जिल्लाको पाटन नगरपालिका-१ मा पर्ने जाडिकोट सामुदायीक वनमा साना-साना रुखमा समेत तीन वटा ठाउँबाट खोटो संलकन गरिन थालिएको छ । जाडिकोट, भुमिराज महिला समुदायीक वनमा दिव्यारोजीन एण्ड टर्पेन्टाईन अत्तरीयाले नियम विपरित खोटो संकलन गरिहेको छ । जाडिकोट सामुदायीक वनमा नियम विपरित संकलन भए ठेकेदार कम्पनीलाई सचेत गराउने अध्यक्ष दुरा भट्टराईले बताइन् । उनका अनुसार काटाल भन्ने वन क्षेत्रमा साना उतिस भएकाले लगाउनका लागि सानो रुखबाट समेत काट्ने अनुमती वनले दिएको हो ।

जाडीकोट मात्र हैन जिल्लाका अधिकाश सामुदायीक वनमा निर्देशिकाको पालना भएको छैन् । खोटो संकलकले दक्ष कामदारको अभाव, एउटा रुखमा दुई वा दुई भन्दा बढी पिघ लगाउने, रुखको वरिपरि सरसफाई नगर्ने, माउ रुखबाट समेत खोटो संकलन गर्ने, ३६ ईन्च भन्दा कम गोलाइको रुखबाट खोटो संकलन गर्ने गरेका छन्।

खोटो संकलन निर्देशिका विपरित खोटो संकलनका कारण अधिकांश सल्लेरी वनका रुख सुखी सकेका छन् भने केही रुख सुक्ने अवस्थामा पुगेका छन्।

लामो समयदेखी निरन्तर रुपमा खोटो संकलनका साथै निर्देशिका विपरित खोटो संकलनका कारण सल्लेरी वन विनास हुने अवस्थामा पुगेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। निर्देशिका विपरित सल्लाका रुखहरू सुक्दै जान थालेपछि केही सामुदायिक वनले यस बर्ष खोटो संकलन गर्ने कार्य रोकेको जनाएका छन् । वनको महत्व नबुझी पैसाको मुख ताक्ने सामुदायिक बनबाट निर्देशिका विपरित नै खोटो संकलन गर्ने सम्झौता गरेका छन्।

सामुदायिक वनबाट खोटो संकलन गरेवाफत वनलाई खोटो संकलकले प्रतिकिलोग्राम १२ रुपैयाँ दिने गरेको छ। बैतडीमा दिव्यारोजीन एण्ड टर्पेन्टाईन अत्तरीया, माउण्ट रोजिन खोटो संकलन गरिरहेका छन्।

उच्च तहका व्यक्तिको सेटिङमा खोटो संकलन हुने गरेकाले वन कार्यालयले विभिन्न सरोकारवाला निकायसँगको सहकार्यमा खोटो संकलन भइरहेका सामुदायिक वनको पटक पटक अनुगमन गरेको भएपनि हालसम्म कारबाहीको दायरामा कसैलाई ल्याउन सकेको छैन्।

दिव्यारोजीन र माउण्ट रोजिन बैतडीको पाटनमा मात्र १५ सामुदायीक वनबाट खोटो संकलन गरिरहेको इलाका वन कार्यालय पाटनले जनाएको छ ।

खोटो सङ्कलन(कार्यविधि) निर्देशिका, २०६४ काे पालना कुनै वनले गरेका छैनन्र । वातावरण संरक्षण ऐन, २०५३ तथा वातावरण संरक्षण नियमावली, २०५४ को प्रावधान
बमोजिमको प्रक्रिया पूरा गरी वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन तयार गरी सम्बन्धित निकायबाट स्वीकृत भएपछि स्वीकृत वन कार्ययोजनाको अधिनमा रही तोकिए बमोजिमको विधि अनुसार खोटो सङ्कलनगर्ने क्षेत्रको छनौट गर्नु पर्नछ ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.