सडकमा रुख ढलेरपछि भीमदत्त राजमार्ग अवरुद्ध

डडेल्धुरा: सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । सोमबार दिउँसो जंगलमा आगलागी हुँदा सल्लाको रुख सडकमा ढलेपछि राजमार्ग अवरुद्ध भएको हो । बुडर र फल्टुडेको बीचमा सडक अवरुद्ध हुँदा अहिले त्यहाँ सवारीसाधन रोकिएको एक यात्रु रमेश बोहराले बताए ।

हालसम्म पनि सडक खुलाउन कोही नआएको उनले बताए । सडक अवरुद्ध हुँदा तराईबाट पहाड जाने र पहाडबाट तराई जाने सम्पूर्ण साधन रोकिएका छन् ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.