बैतडी आउदै गरेकाे बस र मोटरसाइकल ठोक्किँदा डडेल्धुराका पूर्व वडाध्यक्षको मृत्यु

डडेल्धुरा : कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक डडेल्धुराको आलिताल गाउँपालिका–१ का अन्दाजी ५५ वर्षीय पूर्णबहादुर ऐर रहेका छन्। ऐर आलिताल–१ का पूर्व वडाध्यक्षसमेत हुन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा उनी नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए। सोमबार बिहान उत्तरबाट दक्षिणतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १२८७ नम्बरको बस र सुपप्र ०१०११ प ९४६७ नम्बरको विपरीत दिशातर्फ आइरहेको मोटरसाइकल ठोक्किएका हुन्।

ऐरको उपचारका क्रमममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बस चालक भने फरार रहेको र उनको खोजी भइरहेको बताइएको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.