डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकामा गुणस्तरिय शिक्षाका लागि शैक्षिक सम्मेलन २०८१ सुरु भएको छ ।
गाउँपालिकाको समग्र शैक्षिक गुणस्तर सुधारका लागि बिद्यार्थी,शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, राजनितीक दल, जनप्रतिनिधीहरु बिच सम्मेलनमा छलफल गर्ने उदेश्यले सम्मेलनको आयोजना गरेको हो । दुईदिने सम्मेलको गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्ट (विकास) ले व्यानर वाचन गरेर उद्घाटन गरेका छन् ।
सम्मेलनको पहिलो दिन प्रधानाध्यपकहरुले विद्यालयहरुको शैक्षिक तथा भौतीक अवस्थाको बारेमा जानकारी तथा प्रस्तुती गरेका छन् । भने अजयमेरु गाउँपालिकाको समग्र शैक्षिक तथा भौतिक अवस्थाको बारेमा जानकारी तथा प्रस्तुती अजयमेरु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख लालबहादुर सेटीले गरेका छन् ।
शैक्षिक गुणस्तर सुधारका सबै पक्ष गम्भीर हुनु पर्ने प्रस्तुत समग्र शैक्षिक अवस्थाको बिषयमा देखिएको छन् । ‘अब अभिभावकलाई मात्र दोष दिने हैन जनप्रतिनिधी, शिक्षक, कर्मचारी, राजनितीक दल हामी सबैले चिन्ता गर्ने हैन चिन्तन गर्नु पर्छ’ उनले भने, ‘शैक्षिक उपलब्धी हासील गर्ने सबैको उतीकै भुमीका हुन्छ।’
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्रथम रजिष्ट्रार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक प्रा.डा. हेमराज पन्तले शैक्षिक विकासका लागि अवलम्बन गरिएका असल अभ्यासबारे बिशेष छलफल गरेका छन् । भने र्एश्रर्य बहुमुखी क्याम्पस कैलालीका प्रमुख धर्मदेशव भट्टले विद्यालयको शैक्षिक विकासमा विद्यार्थी, शिक्षक, प्रधानाध्यपक तथा अभिभावकको जिम्मेवारी बिषयमा आफ्नो प्रस्तुतिकरण गरेका छन् । घोषणाप्रत्र सार्वजनिकका लागि समुहगत छलफल गर्ने समुह गठन गरिएको छ ।