बैतडीकाे पाटनमा चट्याङ लागेर एक भैंसी मर्यो

बैतडी : बैतडीमा चट्याङ लागेर एक भैंसी मरेको छ । जिल्लाको पाटन नगरपालिका वडा नं १ लदौलीका तेजराज भट्टराईको घरमा चट्याङ पर्दा गोठमा बाँधेको भैंसी मरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।

सोमबार राति आठ बजेको समयमा भट्टराईको घरमा चट्याङ परेको स्थानीय रितीका भट्टराईले बताए । चट्याङका कारण विद्युतको मिटर बक्समा क्षति पुगेको छ । चट्याङले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

लामो समयदेखि पानी नपरेका कारण बर्षा र हावाहुरी आउँदा चट्याङको जोखिम रहेकाले सतर्कता अपनाउन प्रहरीले आग्रह समेत गरेको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.