अजयमेरुमा शैक्षिक सम्मेलन २०८१ : प्रतिबद्धता प्रत्रमाथि बृहत छलफल जारी

डडेल्धुरा (भद्रपुर) : डडेल्धुराको अजयमेरु गाउँपालिकामा गुणस्तरिय शिक्षाका लागि शैक्षिक सम्मेलन २०८१ जारी छ ।

गाउँपालिकाको समग्र शैक्षिक गुणस्तर सुधारका लागि बिद्यार्थी,शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, राजनितीक दल, जनप्रतिनिधीहरु बिच सम्मेलनमा छलफल गर्ने उदेश्यले सम्मेलनको आयोजना गरेको हो ।

सम्मेलनको दोस्रो दिन अर्थात अन्तीम दिन आज प्रतिबद्धता पत्रका बिषयमा बृहत बुद्धागत रूपमा समुह बनाएर छलफल भइरहेको अजयमेरु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

प्रतिबद्धता सहितको घोषणापत्र सार्वजनीक गरेर सम्मेलन सकिने जनाएको छ । सम्मेलनको पहिलो दिन हिजो प्रधानाध्यपकहरुले विद्यालयहरुको शैक्षिक तथा भौतीक अवस्थाको बारेमा जानकारी तथा प्रस्तुती गरेका थिए । भने अजयमेरु गाउँपालिकाको समग्र शैक्षिक तथा भौतिक अवस्थाको बारेमा जानकारी तथा प्रस्तुती अजयमेरु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख लालबहादुर सेटीले गरेका छन् ।

शैक्षिक गुणस्तर सुधारका सबै पक्ष गम्भीर हुनु पर्ने प्रस्तुत समग्र शैक्षिक अवस्थाको बिषयमा देखिएको छन् । ‘अब अभिभावकलाई मात्र दोष दिने हैन जनप्रतिनिधी, शिक्षक, कर्मचारी, राजनितीक दल हामी सबैले चिन्ता गर्ने हैन चिन्तन गर्नु पर्छ’ उनले भने, ‘शैक्षिक उपलब्धी हासील गर्ने सबैको उतीकै भुमीका हुन्छ।’

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्रथम रजिष्ट्रार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक प्रा।डा। हेमराज पन्तले शैक्षिक विकासका लागि अवलम्बन गरिएका असल अभ्यासबारे बिशेष छलफल गरेका छन् । भने र्एश्रर्य बहुमुखी क्याम्पस कैलालीका प्रमुख धर्मदेशव भट्टले विद्यालयको शैक्षिक विकासमा विद्यार्थी, शिक्षक, प्रधानाध्यपक तथा अभिभावकको जिम्मेवारी बिषयमा आफ्नो प्रस्तुतिकरण गरेका छन् ।

दुईदिने सम्मेलको गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्ट (विकास) ले व्यानर वाचन गरेर उद्घाटन गरेका थिए।
उद्घाटनमा उपाध्यक्ष बन्सती पाल, प्रमुख प्रशासकिय अधिकृत जितेन्द्र प्रशाद ओझा, वडा अध्यक्षहरुसहित कार्यपालिका टिम, शिक्षा समन्वय इकाई प्रमुख नारद जोशी, समाजीक विकास कार्यालय डडेल्धुराका प्रमुख कुल राज सोती लगायतका उपस्थीत थिए ।

 

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.