डडेल्धुरा : शिक्षक थोतरा र बिद्यार्थी नयाँ भएको शिक्षा विद डा.विद्यानाथ कोईरालाले बताए । डडेल्धुराको अजयमेरु गाउँपालिकाले आयोजना गरेको दुई दिने शिक्षा सम्मेलनमा बोल्दै डा.कोईरालाले यस्तो बताएका हुन् ।
शिक्षाको गुणस्तर सुधारमा शिक्षकको भुमिका लागयतका बिषयमा बोल्दै डा. कोईरालाले बच्चाहरु नयाँ-नयाँ आएकाले शिक्षक अद्यावधिक हुन आवश्यक रहेको बताए । ‘हाम्रा शिक्षक थोतरा भएर, बिद्यार्थी अपडेट, बिद्यार्थीबाट शिक्षकले प्रविधि सिक्नु पर्ने अवस्था भयो, अब शिक्षकलाई अद्यावधिक गर्नु पर्छ। पुरानो किसीमले हुदैन् । उनले भने, ‘सिपसंग हाम्रो बच्चा जोड्नु पर्छ, पढदै कमाउदै भन्ने बिषयलाई स्थानीय तहरुले जोड दिनुपर्छ । ’
बालबालिले मोबाईलको प्रयोगबाट नयाँ नयाँ ज्ञानसिप सिक्न सक्ने भएकलो सकारात्मक कुराहरु कसरी सिकाउने भन्ने बिषयमा सबै पक्ष गम्भीर हुनु पर्ने बताए ।
अजयमेरु गाउँपालिकाले आयोजना गरेको कार्यक्रमकमा यहाँका जनप्रतिनिधी, प्रधानाध्यकप सहितका शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, बिद्यार्थी गरी २ सय जना बढी सहभागी छन् ।