अजयमेरुमा शैक्षिक सम्मेलन २०८१ सम्पन्न : २९ बुदे प्रतिबद्धतासहित घोषणा पत्र सार्वजनिक

ललित बोहरा, डडेल्धुरा  : ‘शिक्षामा गरिने खर्च, खर्च होइन लगानी हाे‘भने मुल नाराका साथ डडेल्धुराको अजयमेरु गाउँपालिकामा जारी शैक्षिक सम्मेलन २०८१ सम्पन्न भएको छ । शैक्षिक सम्मेलेले २९ बुदे प्रतिबद्धता सहितको घोषणा पत्र सार्वजनिक गरेको छ ।

गाँउपालिकाको आयोजनामा आयोजित २ दिने बृहत शैक्षिक सम्मेलनबाट सामूदायिक विद्यालयहरुको शैक्षिक सुधार ल्याउन प्रतिबद्धता सहित घोषणपत्र जारी गरिएको अजयमेरु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख लालबहादुर सेटीले बताए ।

सहमभागी सबै पक्षको समुहगत छलफल गरेर प्रतिबद्धता सहित घोषणा पत्र निमार्ण गरेको उनले बताए। प्रतिबन्धता पत्रमा शिक्षक, अभिभाव, व्यवस्थापन समिति, राजनितीक दल र गाउँपालिकाले गाउँपालिकाको समग्र शैक्षिक गुणस्तर सुधारका लागि गनुपर्ने असरकार्यहरु समावेश गरिएको बालकल्याण मावि पुईलेकका व्यवस्थापन समिति अध्यक्ष धनबहादुर साउँदले बताए ।

समग्र शैक्षिक गुणस्तर सुधारका लागि बिद्यार्थी,शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, राजनितीक दल, जनप्रतिनिधीहरु बिच सम्मेलनमा बिचार आदान प्रदान गर्ने उदेश्यले सम्मेलनको आयोजना गरेको हो ।

सम्मेलनको पहिलो दिन प्रधानाध्यपकहरुले विद्यालयहरुको शैक्षिक तथा भौतीक अवस्थाको बारेमा जानकारी तथा प्रस्तुती गरेका थिए । भने अजयमेरु गाउँपालिकाको समग्र शैक्षिक तथा भौतिक अवस्थाको बारेमा जानकारी तथा प्रस्तुती अजयमेरु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख लालबहादुर सेटीले गरेका थिए ।
शैक्षिक गुणस्तर सुधारका सबै पक्ष गम्भीर हुनु पर्ने प्रस्तुत समग्र शैक्षिक अवस्थाको बिषयमा देखिएको छन् । ‘अब अभिभावकलाई मात्र दोष दिने हैन जनप्रतिनिधी, शिक्षक, कर्मचारी, राजनितीक दल हामी सबैले चिन्ता गर्ने हैन चिन्तन गर्नु पर्छ’ उनले भने, ‘शैक्षिक उपलब्धी हासील गर्ने सबैको उतीकै भुमीका हुन्छ।’

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्रथम रजिष्ट्रार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक प्रा.डा. हेमराज पन्तले शैक्षिक विकासका लागि अवलम्बन गरिएका असल अभ्यासबारे बिशेष छलफल गरेका छन् । भने र्एश्रर्य बहुमुखी क्याम्पस कैलालीका प्रमुख धर्मदेशव भट्टले विद्यालयको शैक्षिक विकासमा विद्यार्थी, शिक्षक, प्रधानाध्यपक तथा अभिभावकको जिम्मेवारी तथा समुदायीक बिद्यालयको अवस्थाका बिषयमा आफ्नो प्रस्तुतिकरण गरेका थिए ।

शिक्षक थोतरा र बिद्यार्थी नयाँ भएको शिक्षा विद डा.विद्यानाथ कोईरालाले बताए । शिक्षा सम्मेलनमा बोल्दै डा.कोईरालाले यस्तो बताएका हुन् ।
शिक्षाको गुणस्तर सुधारमा शिक्षकको भुमिका लागयतका बिषयमा बोल्दै डा. कोईरालाले बच्चाहरु नयाँ-नयाँ आएकाले शिक्षक अद्यावधिक हुन आवश्यक रहेको बताए । ‘हाम्रा शिक्षक थोतरा भएर, बिद्यार्थी अपडेट, बिद्यार्थीबाट शिक्षकले प्रविधि सिक्नु पर्ने अवस्था भयो, अब शिक्षकलाई अद्यावधिक गर्नु पर्छ। पुरानो किसीमले हुदैन् । उनले भने, ‘सिपसंग हाम्रो बच्चा जोड्नु पर्छ, पढदै कमाउदै भन्ने बिषयलाई स्थानीय तहरुले जोड दिनुपर्छ । ’

बालबालिले मोबाईलको प्रयोगबाट नयाँ नयाँ ज्ञानसिप सिक्न सक्ने भएकलो सकारात्मक कुराहरु कसरी सिकाउने भन्ने बिषयमा सबै पक्ष गम्भीर हुनु पर्ने बताए ।

दुईदिने सम्मेलको अजयमेरु गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष उमेश प्रशाद भट्ट (विकास) ले समापन गरेको हुन् । समापनमा बोल्दै अध्यक्ष भट्टले शैक्षिक गुणस्तर बृद्धी गन सबैले आ आफनो क्षेत्रबाट सहयोग गर्नु आवश्यक बताए । उनले राम्रो भनेको कुरा सुन्ने र नराम्रो भनको कुरा नसुन्ने बानिको विकास गर्ने पर्ने शिक्षकलाई सुझाव दिए । ‘कसैले राम्रो भन्न छ भने कान सुन्ने बन्नुस, नराम्रो भन्नछ भने नसुन्ने बन्नुस यती गरे सायद प्रगती हुन्छ। उनले भने, ‘आफु भित्र भएको ज्ञान आफुलाई नै थाहा नभएको जस्तो भयो अरुले यस्तो गर्नु तपाईसंग त्यो क्षमता छ भन्नु परेको छ ।’


यी हुन् २९ बुद्धा
१. प्रभावकारी सिकाइलाई मूल ध्येयको रूपमा लिइ पूर्ण तयारीका साथमा शिक्षण सुधारको योजनाका सहित कक्षा कोठाको सिकाइ कार्य प्रभावकारी बनाउनुका साथै समयको पूर्ण पालनाका लागि प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरुका लागि समेत अनिवार्य पालना गर्नेछौं ।
२. असल अभ्यास गरेका सामुदायिक विद्यालयहरुको अभ्यासको आदानप्रदान गर्न प्रतिवद्ध रहनेछौं ।
३. शिक्षकको पेशागत विकासका लागि समान अवसर उपलब्ध गराई समय समयमा पेशागत विकास र पुनर्ताजगी तालिमको अवसर उपलब्ध गराउनसम्बन्धित निकाय प्रतिबद्ध रहनेछ र कार्यान्वयनमा शिक्षक पूर्ण जिम्मेवार भइ कार्य सम्पादन गर्नेछन् ।
४. शिक्षक हाजिरी रजिस्टर ई हाजिरी र लगबुक व्यवस्थापन गरि सुशासनको प्रत्याभूती गरिने र हरेक विद्यार्थीको पोर्टफोलियो र निरन्तर मूल्याङ्कनका नवीनतम फाराम तथा तरिकाहरू अन्तर विद्यालय समन्वय र कार्यगत एकता आदान प्रदान गर्न प्रतिबद्ध रहनेछौं ।
५. नियमित अभिभावक भेला समन्वय र अभिभावक तथा विद्यालयको समन्वयात्मक पहलबाट विद्यालयमाका खर्च कम पर्ने र उपलब्ध जनशक्तिको कारणबाट हुनसक्ने कार्यहरू सुसम्पन्न गर्न सम्बद्ध पक्षहरूका लागि आचार सिंहता निर्माण गरि पूर्ण पालना गर्न प्रतिवद्ध रहने छौं ।
६.पाठ्यक्रममा आधारित शिक्षण गर्न विद्यालयको आवश्यकता अनुसार साप्ताहिक कार्यतालिका पाठ्यभार अनुसार सहक्रियाकलाप अन्तरगत खेलकुद, हस्तलेखन, हाजिरीजवाफ लगायतका कार्यक्रमहरु कार्यान्वयन गर्न प्रतिबद्ध छौं । ७। विद्यालयको तत्काल सर्वेक्षण गरी भौतिक कठिनाइ भएका विद्यालयको न्यूनतम भौतिक पूर्वाधार निर्माणमा गापा प्रतिबद्ध रहनेछ ।
८. बिद्यालयको बहुआयामिक विकास का लागी समूह कार्यमा कार्य गर्दे प्रभावकारीता अभिवृद्धि लगाएत विद्यालय प्रधानाध्यापक र विषय वा अन्य समितिका संयोजकले विद्यालयको अध्यापन लगायत गतिविधिलाई पूर्ण पारदर्शी बनाउन शैक्षिक बडापत्र सामाजिक सञ्जाल विद्यालय पेज बुलेटिन जस्ता महत्वपूर्ण कार्यमा अपडेट प्रतिबद्ध रहनेछौं ।
९. स्थानीय तहमा उपलब्ध स्रोत साधनको आधारमा एकीकृत परियोजनाकार्य गरि गराइ कक्षागत रुपमा निरन्तर मूल्याँङ्कनसँग आधारित भई निरन्तर मूल्याङ्कन गर्ने र सोको रेकर्ड समेत अध्यावधीक गर्न प्रतिबद्ध छौं ।
१०. विद्यालयको अनुकरणीय कार्यलाई प्रोत्साहित गर्दै गापा को वेबसाइट र पोर्टलमा राखी कार्यान्वयन गर्न तथा तत्काल पुरुस्कार र दण्ड को नीति कार्यान्वयन गरिनेछ ।
११.यसै शैक्षिक सत्रदेखि तत्काल ध्यान र योग अभ्यास सबै सामूदायिक विलालयहरुले सञ्चालन गर्न गराउन प्रतिबद्ध छौं ।
१२.विद्यालय र अभिभावक बिचको समन्वयलाई थप प्रभावकारी बनाउदै अभिभावक संगको समन्वय अभिबृद्धिका कार्यक्रम, पूर्व बिद्यार्थी समाजको कार्यविधि निर्माण जस्ता कार्य तत्काल कार्यान्वयन गर्नेछौं ।
१३. प्र।अ। र गा।पा। तथा प्र।अ। र शिक्षक बिचको करार सम्झौता अक्षरसः लागु गर्ने र शिक्षकको कार्य सम्पादन समेतको स्व। मूल्याँकन तयार पारी प्र।अ। को नेतृत्वमा लागु गरिनेछ ।
१४.बाल विकास देखि हरेक कक्षा का अभिभावकहरू लाई मासिक अन्तरक्रियाका लागि अनिवार्य विद्यालयमा आमन्त्रण गर्ने र सोको रेकर्ड अध्यावधिक गर्न प्रतिबद्ध रहनेछौं ।
१५.सबै शिक्षक शिक्षिकाहरू शिष्ट भाषामा हँसिलो अनुहारसहित टिमवर्क र शिक्षक कर्मचारी आचारसंहिताको पूर्ण परिपालना गर्दै शिक्षण सिकाई क्रियाकलापलाई दिगो र गुणस्तरीय बनाउन प्रतिबद्ध रहनेछौं ।
१६.कक्षागत रूपमा विद्यार्थीको दैनिक हाजिरी सकेसम्म डिजिटल प्रविधिबाट र नभए विद्यालयमा उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरीसकेसम्म डिजिटल पद्धतिको प्रयोग गरीविद्यार्थी तथा शिक्षक हाजिरी सूचना पार्टीमा समेत टाँस्ने व्यवस्था गर्नेछौं ।
१७.अधिकाधिक स्थानीय सामग्रीहरूबाट निर्मित शैक्षिक सामग्री र विद्यालयमा उपलब्ध स्रोतका आधारमा अधिकतम शैक्षिक सामग्रीको निर्माण सङ्कलन र प्रयोग गर्ने गराउनेछौं ।
१८. शिक्षक तथा वि।व्य।सर शि।अ।स। को बैठक नियमित रूपमा गर्ने र सोको पूर्ण कार्यान्वयन गर्नेछौं ।
१९.हरेक कक्षामा विद्यार्थी कार्यविभाजन तालिका सहित विद्यार्थीहरूलाई अधिकाधिक क्रियाकलापमुखी बनाई शिक्षण कार्य गर्न प्रतिबद्ध रहनेछौं ।
२०. हरेक दिनको उपस्थिति र विद्यार्थीबारे जानकारी लिन विद्यालय सूचना अधिकारीलाई जिम्मेवार बनाइ पारदर्शिता बनाइने अभिवृद्दि गरिने छ ।
२१।.बाल विकास तह र कक्षा १ ३ मा निरन्तर मूल्याङ्कन अनिवार्य लागू गर्नेछौं र सोको रेकर्ड अध्यावधिक गरी नियमित रुपमा छलफल र अनुगमनका बखत पेश गर्नेछौं । साथै विद्यालयको सबै विवरण अनिवार्यरुपमा क्ष्भ्ःक्ष्क् अध्यावधिक गर्नेछौ ।
२२. विद्यालय सुधार योजना ९क्क्ष्ए० विद्यालय सामाजिक परीक्षण, आन्तरिक लेखा परीक्षण बाह्य लेखा परीक्षण लगायतका कार्यहरू नियमित र प्रभावकारी रुपमा अपडेट गर्नेछौं ।
२३. चालु शैक्षिक सत्रको आगामी एक महिना भित्रै हरेक कक्षामा बुक कर्नर, डिस्प्ले बोर्ड लगायतका आधारभूत सामग्री व्यवस्थित गर्नेछौं ।
२४. हरेक विद्यालयमा विज्ञान प्रयोगशाला क्ष्ऋत् ल्याब र पुस्तकालय स्रोतका आधारमा प्राथमिकताका क्रमका आधारमा व्यवस्थित गर्दै जानेछौं र उत्त कार्यका लागि सम्बन्धित निकायको सहयोग रहने छ ।
२५. स्वच्छ सफा वातावरण स्वस्थ सफा विद्याथी, हराभरा विद्यालय हाम्रो गौरव हाम्रो सम्पत्ति भन्ने भावका साथ विद्यालय वातावरणलाई हराभरा बनाउन पूर्ण प्रतिबद्ध रहनेछौं ।
२६. विद्यालयले आयोजना गर्ने वार्षिकउत्सव तथा अन्य अवसरमा पालिकास्तरका प्रतिष्पर्धात्मक सहक्रियाकलाप आयोजना गर्नेछौं ।
२७. विद्यालयमा अवरोध हुने गरि राजनैतिक क्रियाकलापहरु आयोजना नगर्ने तथा विद्यालयका कुनै पनि गतिविधिमा राजनैतिक हस्तक्षेप गर्नेछैनौं ।
२८ .विद्यार्थीहरुको त्रैमासिक परीक्षा पश्चात अनिवार्यरुपमा नतिजा विश्लेषण गरि आवश्यकताअनुसार थप कक्षा संचालन गरिनेछ ।
२९. यो प्रतिबद्धताको कार्यान्वयनको सम्पूर्ण अनुगमन अजयमेरु गापा। ९शिक्षा युवा तथा खेलकुद शाखा ० ले गर्नेछ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.