बैतडीको पाटन–९ स्थित सिद्धेस्वर माविमा ‘आमा सम्मान कार्यक्रम’

बैतडी :
बैतडीको पाटन नगरपालिका–९ स्थित सिद्धेस्वर माविमा ज्योष्ठ आमाहरुलाई सम्मान गरिएको छ । मातातीर्थ औँसीको अवसरमा बुधबार २८ जना ज्येष्ठ आमाहरुलाई सम्मान गरिएको हो ।
विद्यालय सेवा क्षेत्रभित्रका ६८ वर्ष उमेरमाथिका २८ जना ज्योष्ठ आमाहरुलाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले जानकारी दिए ।

आमाहरुको सम्मान गर्नुपर्नेमा विद्यार्थीहरुको भावनात्मक विकास होस भन्ने उदेश्यले आमा सम्मान कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाट, विद्यालयका प्रद्यानाध्यापक गणेश प्रशाद भट्ट, विद्यालयका शिक्षकहरु, अभिभावक र विद्यार्थीहरुले सयुक्तरुपमा आमाहरुलाई टिका लगाउदै दोसल्ला ओडाएर सम्मान कार्यक्रममा सहभागिता जनाएको विद्यालयले जनाएको छ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.