पाटन-पञ्चेश्वर सडक पुल निमार्ण अलमल : ११ जनाले दिए घरजग्गा मुअब्जाको निवेदन

ललित बोहरा,बैतडी : बैतडीको पाटन-पञ्चेश्वर सडक खण्ड अन्तरगत गोइडाखोला निर्माणाधीन मोटेबल पुल निमार्ण हुन सकेको छैन् । पुल निमार्ण गर्दा आफ्नो घरजग्गा र सिँचाई कुलोमा क्षती पुग्ने भन्दै यहाँका ११ जनाले विरोधपछि पुल अलपत्र परेकाे हाे । उनीहरुले सडक डिभिजन कार्यालय पाटन बैतडीमा क्षतीपुर्तीको माग गर्दै निवेदन पेश गरेका छन् । लामो सयमदेखी निमार्ण अधुरो रहेको पाटन नगरपालिका-६ मा पर्ने गोईडाखोला पुल थप अलमलमा परेको हो ।

बैशाख ९ गते ११ जनाले घरजग्गाको मुअब्जा तथा क्षतीपुर्तीको माग गर्दै निवेदन आएको सडक डिभिजन कार्यालय बैतडीका सूचना अधिकारी असिम रसाईलीले बताए । निवेदनपछि जिल्ला नापी कार्यालयलाई निवेदन लेख्दै सडक डिभिजन कार्यालयले जग्गा एकिन गरिदिन अनुरोध गरेको सूचना अधिकारी रसाईलीले बताए ।

११ जनाकै जग्गाको लालपुर्जा माग भइआएकोले यहाँका जग्गधनीलाई लालपुर्जा माग गरि छनविन अगाडी बढाईएको उनले बताए । पुल निमार्णमा जग्गा कटान त्तकाल नहुने भएकाले ठेकेदार कम्पनीलाई काम अगाडी बढाउन भनिएको सडक डिभिजन कार्यालय पाटनले जनाएको छ ।
सडक डिभिजनले ठेक्का रद्ध प्रक्रिया अगाडी बढाएपछि निमार्ण व्यवसायीले प्रतिबद्धता पत्र पेश गरेको थियो ।

तल्लोस्वराड क्षेत्रका तीन स्थानीय तह सो पुलले जोड्नेछ। सडक डिभिजन कार्यालय पाटन, बैतडीले २०७४ सालदेखि ठेक्कामार्फत निर्माण गर्न लगाएको पुलको कुल बजेट दुई करोड ३८ लाख रुपियाँ रहेको छ।

लोर्खा- सरकार, कैलापल जोड्ने सुनर्या गाडमा निमार्णनिध पुलको काम पनि रोकिएको छ । कामदारले काम छोडेर गएकाले काम ठप्प भएको निमार्ण व्यवसायीको दाबी छ । केही दिन भित्र नयाँ कामदार र ठुलो रड आईरहेकाले काम अगाडी बढने निमार्ण व्यवसायीको भनाई छ ।

 

us dintal patan
Leave A Reply

Your email address will not be published.