ललित बाेहरा,बैतडी : भारत सरकारको सहयोगमा भूमेश्वर माविको विद्यालय भवनको औपचारिक शिलान्यास गरिएको छ । बैतडीको पाटन नगरपालिका-४ मा पर्ने भूमेश्वर माविको विद्यालय भवनको औपचारिक शिलान्यास गरिएको छ ।
एक औपचारिक कार्यक्रमका बिच भारतीय राजदुतावासका प्रथम सचिव अभिनाश कुमार सिंह र पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिह रावलले सयुक्त रुपमा भवन निमार्णको सिलान्यास गरेका हुन् ।
भूमेश्वर माविमा १६ महिनामा १२ नयाँ कक्षा कोठा निमार्ण हुनेछ । नेपाल भारत विकास सहयोग अन्र्तगत भारत सरकारले नेपाल स्थीत भारतीय दुतावासबाट ४ करोड बजेट पाटन नगरपालिकालाई उपलब्ध गराएको छ । ठेक्का प्रक्रियामा ठेकेदार कम्पनीले ३ करोड ८० लाखको लागतमा निमार्ण गर्ने पाटन नगरपालिकाका इन्जीनियर गोबिन्द पन्तले बताए ।
भारतीय राजदुतावासका प्रथम सचिव सिंह नेपाल भारत विकास सहयोग अन्र्तगत बिद्यालय बस, एम्बुलेस तथा विद्यालय भवन निमार्णमा आर्थिक सयोग गरिरहेको बताए । उनले मित्र छिमेकी राष्ट नेपाललाई विभिन्न समयमा सहयोग गरेको स्मरण गराएको थिए । बैतडीमा अहिले एउटा बिद्यालय भवन निमार्ण सुरु गरिएको छ भने सुर्नया गाउँपालिकासहित ५ वटा एम्बुलेस वितरण गरिएको बताए ।
उनले अगामी दिनमा नेपाललाई भारत सरकारले गर्ने आर्थिक सहयोग निरन्तर गर्न विश्वास व्यक्त गरे ।
नगरप्रमुख रावलले भारत सरकारले गरेको सहयोगको प्रसंशा गर्दै आगाडी दिनमा सहयोग निरन्तताको माग गरे । शिलान्यास कार्यक्रममा बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी भिमकान्त न्यौपाने लगायतका व्यक्तीहरुको सहभागीता रहेको थियो ।
भारतीय राजदुतावासका प्रथम सचिव सिंहलाई विद्यालय परिवारले छलिया बाजासहित भव्य स्वागत गरिएको शिक्षक देवसिह ठगुन्नाले बताए ।
१२ कोठे भवन निमार्ण भए बिद्यालयमा अध्ययपन गराउन तथा गर्ने सहज हुने शिक्षक ठगुन्नाको भनाई छ ।