अजयमेरुमा दलित तथा मुक्त हलियाका परिवारलाई उद्यमशिलता विकास तालिम दिइदै

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकामा दलित समुदायका र मुक्त हलियाका परिवारलाई उद्यमशिलता विकास तालिम तालिम दिइदै छ । शनिबार एक औपचारीक कार्यक्रका बिच तीन दिने तालिमको गाउँपालिका उपाध्यक्ष बसन्ती पालले उद्घाटन गरेका छन् ।

राष्ट्रीय मुक्त हलिया समाज महासंघ, नेपालद्वारा विश्व लुथरन फेडरेसन नेपालको आर्थिक तथा प्रावधिक सहयोगमा संचालीत सक्षम परियोजना अन्र्तगत मुक्त हलिया र दलित उद्यमीहरुका लागी उद्यमशिलता विकास तालिम आयोजना गरिएको हो ।

तालिमको उद्घाटन समारोहको अध्यक्षता राष्ट्रीय मुक्त हालिया समाज महासंघ डडेल्धुराका अध्यक्ष भरत सार्कीले गरेको थिए भने प्रमुख अतिथी गाउँपालिका उपाध्क्ष बसन्ती पाल रहेका थिए ।

तालिममा मुक्त हलिया परिवारका ४ सहित १६ जनाको सहभागीता रहेको राष्ट्रीय मुक्त हलिया समाज महासंघ नेपालका उद्यम विकास सहजकर्ता द्वारीका जोशीले बताइन् । तालिमको उद्घाटनमा कार्यक्रम संयोजक तेज राम लुहार, अजयमेरु गाउँपालिका वडा नम्बर ३ का कारवाहक वडाध्यक्ष रमेश भाट र वडा सचिव टेक पनेरु सहभागी थिए ।

तालिमले सहभागी उद्यमीहरुलाई हाल संचालन गरीरहेक व्यवसायलाई थप सुधारकालागी ज्ञान, सिप्र प्रदान गर्ने, व्यवसायीक योजनामा सहयोग, सामुहिक व्यवसाय संचालनका लागी आवश्यक विधी प्रक्रियाहकबारे जानकारी, नयाँ प्रविधी र आधुनिकीकरण व्यवसायीक वातावरण सिर्जना गराउने, सिप मुलक तालिमका लागी दक्ष जनशक्ती उत्पादन गरि सफल उद्यमीको रूपमा स्थापीत गराउने, उद्यमशिल विकास मार्फत मुक्त हलिया समुदायको आय आर्जन वृद्धी गर्दै जिवीकोपार्जनमा सुधार ल्याउन विशेष जोड दिने जनाएको छ ।

उपाध्यक्ष पालले मुक्त हलियाको उद्यम विकासको लागी गाउँपालिकाबाट गर्न सक्ने सहयोग‌को लागी प्रतिवद्धता जनाउदै महासंघले पालिकासँग साझदारी गरेर कार्यक्रम संचालन गर्नु भएकोमा खुसी व्यक्त गर्नु भएको थिइन् ।
यो आर्थीक वर्ष गार्मेन्ट र फर्नीचर उद्योग सिर्जनामा विशेष जोड दिइएतापनि आगामी आर्थिक वर्षमा वडा, पालीकाले अन्य व्यवसायीक क्रियाकलापमा जोडले उनले दाबी गरिन् ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.