डडेल्धुरा : डडेल्धुराको अमरगढी बसपार्क निमार्णका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने मन्त्रीपरिषदको निर्णय गरेको छ । राष्ट्रिय वनको ०.९६ हेक्टर जग्गा प्रयोग गर्ने तथा सो वन क्षेत्रमा रहेका विभिन्न प्रजातीका रुख विरुवा हटाउन स्वकृती दिने निर्णय गरेको जनाएको छ । लामो समयदेखि बसपार्क निमार्ण अलपत्र छ ।