बैतडीको पाटनमा कृषि हाट बजारको उद्घाटन

ललित बोहरा/बैतडी: बैतडीको पाटनमा कृषि हाटबजार सुरु भएको छ । पाटन बजार व्यवस्थापन समितिको आयोजना र पाटन नगरपालिकाको समन्वयमा शनिबार देखि हाटबजार सुरु भएको हो । पाटन नगरपालिका वडा नं ६ मा पर्ने खुल्ला मञ्चमा हाटबजार एक औपचारीक कार्यक्रमका बिच पाटन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्र बिष्टले उद्घाटन गरेका छन् ।

हाटबजारमा व्यापारीले आफ्नो समाग्रीहरु बिक्रीका लागि राख्न सक्ने र कृषकले पनि आफ्नो उत्पादन ल्याएर बिक्रि गर्न पाउने छन् । पहिलो दिन केही तरकारी स्टल तथा अल्लोका उत्पादनहरुका स्टल राखिएको बजार व्यवस्थापन समितिका अध्यक्ष खेमराज भट्टले बताए ।

अगाडी दिनमा सबै किसानलाई आफ्नो उत्पादन तरकारी, मकै, धान, कोदो लगायत अन्नहरु समेत विक्रि गर्न ल्याउन उनले आग्रह गरेका छन् ।

कृषि हाटबजारमा विशेष गरी स्थानीय किसान र स्थानीय उत्पादनलाई प्राथमिकता दिइने बताइएको छ ।

किसानहरुले उत्पादन गरेका बस्तुहरुको बजारिकरणमा समस्या हुने गरेकाले यसबाट स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुग्ने अपेक्षाका साथ सुरु गरिइको वडा अध्यक्ष बिष्टले बताए ।

हाटबजार सञ्चालन पछि व्यावसायिक तरकारी खेती र पशुपन्छीपालन गर्ने किसानको सङ्ख्या बढ्ने विश्वास व्यक्त गरिएको छ । पाटन बजार व्यबस्थापन समितिले गत चैत्र २६ गते बैशाख देखी महिनाको अन्तिम शनिवार हाटबजार लगाउने निर्णय गरेको थियो ।

सोहि निर्णय अनुरसार यहि बैशाख २९ गते शनिबार कृषि हाट बजार लाग्ने पाटन नगरपालिकाले जनाएको छ । अब प्रत्येक महिनाको २९ गते पाटनमा कृषि हाटबजार लाग्ने बजार व्यवस्थापन समिति सचिव पवन भण्डारीले बताए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.