बैतडी अस्पताल चिकित्सकहरु आन्दोलीत, सेवा ठप्प

बैतडी अस्पताल चिकित्सकहरु आन्दोलीत, सेवा सेवा ठप्प

ललित बोहरा
बैतडी : जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलीत भएको छ । आन्दोलीत चिकित्सक र स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन् ।

प्रदेश सरकार सुदूरपश्चिम सरकारले आफुहरुको मागको सुनुवाई नगरेको भन्दै सेवा ठप्प गर्नु परेको निमित मेसु हरिचन्द्र बिष्टले बताए । प्रदेश सरकार समाजिक विकास मन्त्रालयले आफूहरुले काम गरेको अतिरिक्त भत्ता नदिएको चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलन थालेका हुन् ।

अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले अस्पतालबाट र्यालीसहित जिल्ला प्रशासन कार्यालय बैतडी पुगेर प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मासंग छलफल गरेको छन् ।

अतिरिक्त समय र सार्वजनिक बिदाको दिन गरेको कामको अतिरिक्त भत्ता नपाएकाले आन्दोलनमा उत्रिनुपरेको डा. सुरेस नेपालीले बताए । उनले भने, ‘प्रदेशले बेला बेला दिन्छु दिन्छु भनेर ११ महिला हामीलाई ठगेको छ । भोको पेट काम गर्ने सकिदैन्। ’

चालु आर्थिक बर्षमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अतिरिक्त भत्ता, जोखिम भत्ता लगायतका सुविधाहरु नपाएको र बेलाबेलामा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएपछि आन्दोलनमा उत्रिनुपरेको अस्पतालमा डा.हरिशचन्द्र बिष्ट बताए ।

अतिरिक्त भत्ता र जोखिम भत्ताका बिषयमा सबै निकाय र सामाजिक विकास मन्त्रालयको समेत ध्यानाकर्षण गराइसकेको तर कुनै सुनुवाई नभएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पताल प्रशासनकमा आन्दोलीत डाक्टरहरुको समुहले तालाबन्दी गरेका छन् भने जिल्ला प्रशासन कार्यालयलाई निमित्त मेसु बिष्टले राजीनामा बुझाए ।

आफूहरुलाई बेलाबेलामा झुटो अश्वासनमात्रै दिने गरेको तर समस्याको समाधान नभएपछि आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गर्ने अवस्थामा पुगेको उनले बताए । प्रयोगशाला विभागमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने जोखिम भत्ता नपाइएको उनले बताए ।

आफूहरुका समस्याका बिषयमा ठोस पहल र निर्णय नभएकाले आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गरिएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष पार्वती भट्टले सामाजिक विकास मन्त्रालयले रकम निकासा नदिँदा समस्या भएको बताइन् । यो समस्याका बिषयमा मन्त्रालयको पटक–पटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएको उनले बताइन् ।

मन्त्रालयको पटक–पटक ध्यानाकर्षण गराउँदा समेत समस्या समाधान नभएकाले आफुहरु धनगढीमै रहेको जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष पार्वती भट्टले बताउनुभयो । आफुहरुको माग पुरा नभएसम्म ओपिडी सेवा संचालन नगर्ने डाक्टर तथा कर्मचारीहरुको अडान छ । जसका कारण यहाँका नागरिकहरुले समेत समस्या भोग्नुपरेको छ ।

यसबारेमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले नागरिकहरुलाई अप्ठ्यारो हुने काम नगर्न चिकित्सकहरुलाई सुझाएका छन् । उहाँले भन्नुभयो ‘तपाँईहरुका जायज मागको बारेमा मैले पनि सचिव ज्यूसंग कुरा गरेको छु आशा छ समस्या समाधान होला, नागरिकहरुलाई तथा बिरामीहरुलाई मर्का पर्ने काम गर्नु भएन् ।’

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.