खोलामा डुबेर डडेल्धुरामा २ किशोरीको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा खोलामा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।  आइतबार अपरान्ह जिल्लाको गन्यापधुरा गाउँपालिका-२ कोरगाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको डुबेर मृत्यु भएको हो ।

गाउँकै तल रहेको खोलामा नुहाउने क्रममा दुवैजना डुबेको वडाअध्यक्ष मनोज देउवाले जानकारी दिए ।

उता कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।

आइतबार दिउँसो जिल्लाको कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको हो । गम्भीर घाइते अवस्थामा खड्काको उद्दार गरेर उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.