बैतडी: बैतडी जिल्लाको समन्वय अधिकारीको रुपमा नेपाल सरकारका उपसचिव गणेश सिंह ऐरी पाटन नगरपालिका थप जिम्मेवारीका साथ प्रमुख प्रशासकीय अधिकृत भएर हाजिर भएका छन् ।
जिल्ला समन्वय समितिमा समन्वय अधिकारीको दरबन्दी कायम भएका उपसचिव ऐरीलाई पाटन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कामकाज गर्ने छन् । सोमबार हाजिर भएका ऐरीले पाटन नगरपालिकाको प्रशासकीय जिम्मेवारी समालेको पाटन नगरपालिकका सूचना अधिकारी हिकेश बिष्टले जानकारी दिए ।
बैतडीको दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका, डडेल्धुराको अमरगढी नगरपालिका, कञ्चनपुरको पुनरबास नगरपालिकामा समेत प्रमुख प्रशासकीय अधिकृत भएर काम गरी सकेको छन् । समन्वय समितिमा कामको चाप कम हुने र पाटनलाई बढी ध्यानमा राखी आफुले काम गर्ने प्रशासकीय अधिकृत ऐरीले बताए ।
पाटनमा यसअघि ७ महिना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समालेका शेर बहादुर बुढालाई मन्त्रालयले जिल्ला समन्वय समिति दार्चुला र थम जिम्मेवारी शैलेशिखर नगरपालिकाका लागि सरुवा गरेको छ ।