धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले जेठ ३ गते विश्वासको मत लिने भएका छन्। उनले विश्वासको मतको लागि तेस्रो पटक मिति तोकेका छन्।
यसअघि वैशाख २१ र २२ गते विश्वासको मतको लागि तयारी गरेका मुख्यमन्त्री सोडारीले तयारी गरेका थिए। एमालेले तत्काल विश्वासको मत नदिने भएपछि अन्तिम समयमा उनी पछि हटे र अर्को सूचना जारी नहुँदासम्मको लागि बैठक स्थगित गरिएको थियो।
आज फेरि जेठ ३ गते विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको छ। प्रदेश सभा सचिवालयका अनुसार जेठ ३ गते बिहीबार बिहान १०ः१५ बजे प्रदेश सभाबाट विश्वासको मत लिन प्रदेश सभाको बैठक आह्वान गरिएको छ।
एमालेले अझै विश्वासको मत दिने विषयमा निर्णय गरिसकेको छैन। संवैधानिक व्यवस्थाअनुसार जेठ ४ गतेसम्म मुख्यमन्त्री सोडारीले विश्वासको मत लिइसक्नु पर्नेछ।