बैतडीमा भन्सार छलीका सामग्री बरामद

बैतडी :

बैतडीमा भन्सार छलीका सामग्री बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ ५ बजेको समयमा दशरथचन्द नगरपालिका ८ गोरचौडास्थित त्रिपुरा–सेरा सडक किनारमा बेवारिसे अवस्थामा राखिएका भन्सार छलीका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।

भारतबाट भन्सार छलेर ल्याएका अन्दाजी ११ हजार ५ सय मूल्य बराबरका सात पेटी चाबी सलाई र ३० बण्डल घोडा बिँडी बरामद गरिएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.