दुई करोडको कामपछि नयाँ डिपिआर, मुहानमा शुन्य प्रगती

लिप्ट पानी आउने आशामा नागरिक

ललित बोहरा/ बैतडी : धउली लुहार, बिवाह भएको दिनदेखि पानी भर्न लाईनमा बस्छीन् । ४० बार्षिय लुहारले पानीको समस्या विवाह गरेपछि मात्र थाहा पाएईकी हुन् । पाटन नगरपालिका–१ डैंसिलीकी उनले करिब ६ महिनाको अवधि ४० परिवारले पानी खाने धारामा लाईनमै बसेर करिब ५ घण्टा बिताउनु पर्छ ।

हुन त घरबाट मुहानमा पुग्न २० मिनेटमै पुगिन्छ तर त्यहाँ ४० परिवारका मान्छे पहिले लाईन बसी सक्ने भएर ४–५ घण्टापछि पालो आउछन् । पानी भर्न छोरी–छोरी बिद्यालय शिक्षा पुरा नगर्दै विदेशीएपछि पछिल्लो समय आफुले नै पानीको जोहो गर्न पानीको धारामा थोपा गन्नदै बस्नु पर्ने बाध्यता छ ।
‘केही समय पहिलो मेरो व्यक्तीगत न्वालो थियो अहिले सुकिसक्यो, उनले भने, ‘माथिलो जातको बिहानै आएर लाईनमा हुन्छन्, पालो पालो भर्न धेरै समय लाग्छ, अरु काम छोडेर पनी पानी त भर्न पर्यो ।’ विभेद त अहिले छैन आफै धाराबाट पानी ल्याउछौ।’

सुन्नेओखरबाट खानेपानीको धारा घरमै आउने गाउँका मान्छेले सुनाएपछि अच्चम लाग्यो उनलाई । करिब ४ किलो मिटरको उकालोबाट पाईपमा कसरी पानी आउछ । सबैले ठगछन् भन्न लाग्यो उनलाई । तर विस्तार सबै भन्दा अग्गलो डाडाँ टिइक भन्ने स्थानमा ठुलो आरबिटी नामको टंकी बन्नेपछि उनलाई अब त पानी जहाँबाट पनि आउछ । लाईनमा बस्नु पर्ने बाध्यता हट्छ भन्ने आश पलाएछ ।

उनले भनिन्, ‘टंकी बन्यो डाडाँ माथि, लमौतीमा कर्मचारी बस्ने भवन बन्यो करोड खर्च भइहाल्यो अब त साच्ची पानी आउछ भन्ने सोचे, ३ बर्ष भयो न त पानी आयो न पानी आउछ भन्ने नेता तथा कर्मचारी आए ।’

उनको लाईनमा बस्नु पर्ने बाध्ता मात्र छ तर सिता भट्टराईको करिब २ घण्टा ४५ लिटरको पानीको बारी उकालो बोक्नु पर्ने बाध्यता निरन्तर चलेकाे छ । घर नजिकै पाटन नयाँ सहरको कार्यालय ठुलो टंकी बनार रंगरोगन गरेको पनि १ बर्ष भयो पानी कहाँ कुन मुहानबाट आउने हो उनलाई थाहा छैन् । उनले पनि लिप्टको पानी धारामा ल्याउने कुरा भोट माग्न मात्र प्रयोग गरेको सुनाइन् ।

आफ्नो दुख कसलाई भनेर के हुन्छ र भन्दा भन्दा थाकेका हामीलाई आकाशको पानीले समेत धोका दिन थाल्यो । बैतडीको पाटन नगरपालिका वडा नम्बर १ का डैसिली, लदौली, पलेटा लगायतका ठुला गाउँहरुमा खानेपानी समस्या समाधान गर्ने ३ बर्ष अगाडी सुरु भएको सिन्न्याखोर लदौली डैसिली लिफ्ट खानेपानी योजना अहिले डिपिआर पुन निमार्णमा अलमलीएको छ ।

खानेपानी निमार्ण भएपछि खानेपानीको संरचना सुरक्षा तथा पानी समयमा संचालनका लागि निमार्ण भएको सुरक्षा घर (गाडहासव), ठुलो टंकी, पाईलाईन निमार्ण भएको उपभोक्ता समिति अध्यक्ष गणेश भट्टराईले बताए ।

ठेकेदार कम्पनीले सजिलो काम गाड भवन, टंकी र पाईपलाईन विस्तारको काम सकेको छ तर मुहानबाट कुनै काम भएको छैन । नयाँ ठेक्का प्रक्रिया सुरु भएको कार्यालयले जनाएको छ ।

पुरानो डिपिआर अनुसार मुहानमा समस्या आएपछि नयाँ मुहानबाट पानी लिप्ट गर्नु पर्ने भएकाले डिपिआर परिर्वतन भएको उपभोक्ता समिति अध्यक्ष भट्टराईले बताए ।
लिष्ट खानेपानी समयमा निमार्ण नहुदाँ यहाँका नागरिकले खानेपानीको चरम समस्या भोक्नु परेको स्थानीय मदन भट्टराईले बताए ।
३ बर्ष पहिलेको डिपिआरमा केही पाविधिक समस्या देखिएपछि नयाँ डिपिआर र नयाँ ठेक्का गरिएको जनाएको छ ।

पाटन नयाँ शहरकाले नियमित कामकाज गर्ने आयोजना प्रमुख ढिलो पाएकाले ठिक्का प्रक्रियामा ढिलो भएको बुझीएको छ । नयाँ डिपिआर अनुसार ३ करोड बजेटले नपुग्ने भएकाले थप रकम गरीएको आयोजना प्रमुख भुपराज पौडेलले बताए । उनले भने, ‘पहिले कार्यालय प्रमुख नभएकाले ढिलो भयो अहिले ३ करोड छोटो समयमा खर्च नगर्ने नसकिने तथा योजना समेत पूर्ण नहुने भएकाले थप रकम सहित बहबर्षिय योजना माग गरिएको छ । ’

बहुबर्षिय खरिद गुरुयोजनाका लागि माघ १० गते नै पत्रचार पाटन नयाँ शहर आयोजनाको कार्यालयले पत्र शहरी विकास ’मन्त्रालयलाई पठाएको छ । तर शहरी विकास ’मन्त्रालय विभाग बबरमहल, काठमाडौंले कुनै प्रतिक्रिया दिएको छैन् ।

‘यस कार्यालयको आ.व. २०८०/८१ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार “डिपिआर बमोजिम पाटन नयाँ शहरका लागी खानेपानी आयोजना निर्माण (तेस्रो फेज) पा.न.पा. ०१“ को निर्माण गर्न रु. तिन (३) करोड बजेट बिनियोजित भएकोमा हालसम्म खरिद प्रक्रिया शुरु नभएको तथा उक्त साईट (मुहान) सम्म बाटोको पहुँच तथा उक्त निर्माण कार्यका लागि अनिवार्य आवश्यक पर्ने विद्युत लाईनको समेत पहुँच नपुगिसकेको देखिएकाले सो निर्माण कार्यको लागि खरिद प्रक्रिया तथा निर्माण कार्य समेत गर्न यस आर्थिक बर्षको अन्त्य सम्ममा सम्पन्न गर्न नसकिने देखिएकाले उक्त निर्माण कार्यका लागि बहुबर्षिय कार्यक्रम स्वीकृत गराई अघि बढ्न मनासिब हुने देखिएकाले वहुबर्षिय कार्यक्रम स्वीकृत गरी पठाईदिनहुन अनुरोध छ । कार्यालयले मन्त्रालयमा पठाएको पत्रमा भनीएको छ ।

पत्रको कुनै सुनुवाई यो समाचार तयारपदाँसम्म नआएकाले ३ करोड बजेट फिर्ता जाने छ । कार्यालय ठेक्का प्रक्रिया सुरु गरेको पनि बहुर्षीय बजेटको प्रतिक्षामा भएकाले खरिद प्रक्रिया रद्द गरेको छैन् ।  क्रममागत योजनाको अवधि सकिएको छ । अब बजेट आउने कुनै जानकारी छैन् ।

Leave A Reply

Your email address will not be published.