बैतडी : उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी आज गृह जिल्ला बैतडी आउदैछन् । जेठ ३ गते दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा तीन कार्यक्रम उद्घाटन गर्ने कार्यतालिका रहेको स्वकीय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिए ।
जेठ ३ गते बिहान ९ बजे पाटन नगरपालिकाको प्रशासकिय भवन उद्घाटन, १० बजे पाटनमै कफि खेती सम्बन्धी अभिमुखकरण तथा रोपण कार्यको शुभारम्भ, १२ बजे दशरथचन्द नगरपालिका-२ देहिमाण्डौमा आयोजना हुने अन्तर पालिकास्तरीय खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगीताको उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।