मन्त्री भण्डारीले गरे पाटन नगरपालिकाको प्रशासकिय भवन उद्घाटन

ललित बोहरा
पाटन :बैतडी
उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले बैतडी पाटन नगरपालिकाको प्रशासकिय भवन उद्घाटन गरेका छन् । बिहिबार एक समारोहका बिच शिलालेखको अनावरण गर्दै भवन उद्घाटन गरेका हुन् ।

३ बर्ष अगाडीदेखी निमार्णाधिन अवस्थामै कार्यालयको कामकाज सुरु भइसकेको थियो । माथिल्लो तला गत आर्थिक बर्षमा निमार्ण सम्पन्न भएपछि बिहीबार उद्घाटन गरिएको प्रमुख प्रशासकिय अधिकृत गणेश बहादुर ऐरीले बताए ।

पाटन नगरपालिकाको स्थापना २०७१/०८/१६ गते भएको थियो । सुरुवातमा भाडाँका भवनबाट सेवा दिइरहेको कार्यालयले अहिले आफनौ तीन तल्लाको प्रशासकिय भवनबाट सेवा दिइरहेको छ । नगर प्रमुख गौरी सिह रावलको अध्यक्षमा भएको उद्घाटन समारोहमा प्रमुख अतिथी मन्त्री भण्डारी रहेका छन् ।

 

 

Leave A Reply

Your email address will not be published.