सुर्नया गाड मोटरेबल पुलको ठेक्का ७ दिन भित्र तोडिने

बैतडी: कैलपाल-सकार जोडने सुर्नया गाड मोटरेबल पुलको ठेक्का ७ दिन भित्र तोडिने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले कार्यालय प्रमुखको बैठकमा सडक डिभिजनका कार्यालय प्रमुखलाई छिटो एउटा निर्णयमा पुग्न निर्देशन दिएका छन् । मन्त्री भण्डारीसंगको छलफलमा सडक डिभिजन कार्यालयका प्रमुख मुकुन्द लामिछानेले सात दिन भित्र ठेक्का रद्ध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यालय प्रमुखको बैठकमा मन्त्री भण्डारीले आफुसंग सडक विभागका निर्देशकसहितको बैठकमा भएको छलफल सडक डिभिजनले पालना नगरेको भन्दै आक्र्रोस व्यक्त गरेका थिए ।

उनले प्रमुख जिल्ला अधिकारी भिमकान्त शार्मालाई सात दिन भित्र कुनै निर्णयमा सडक कार्यालय पाटन नपुगेका कार्यालय प्रमुखलाई के गर्नु पर्छ सोच्नु होला भनेर निर्देशन गरे ।

करिब ६० प्रतिशत मात्र काम सकिएको पुलको ठिक्का तोड्ने प्रक्रिया यस अगाडी पनि सुरु भएको थियो ।

निर्माणको जिम्मा पाएको कम्पनीले भने चार पटक म्याद थप गर्दा पनि निर्माण गर्न  सकेकाे छैन्र। २०७१ भदौ १५ गते पुल निर्माण लागि सम्झौता भएपनि ३२ महिना मोटरेबल पुल बन्ने ठाउँमा जाने बाटोको विवाद, १ वर्ष संघ र प्रदेश मध्ये कसले हेर्ने भन्ने अन्यौलता लगायतका मुआम्बजा विवादहरुले पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीको भनाई छ ।

पुल नहुँदा वर्षातको मौसममा पाटन नगरपालिका तथा स्थानीय बजारमा आवाजजावत गर्न र खाद्यन्नका सामान ढुवानीका लागी घण्टौँ पैदल हिड्नुपर्ने कैलपाल सकारको स्थानीयहरुको बाध्यता रहेको छ । सडक सञ्जाल बिस्तार भएपनि वर्षातमा मोटरेबल पुलकै अभावका कारण गाडि चढ्न नपाएको स्थानीयले बताए ।

पाटन देखि सकार, कैलपालसम्म सडक सञ्जाल बिस्तार भएको छ । तर वर्षातमा मोटरेबल पुलकै अभावका कारण आफुहरुले गाडि चढ्न नपाएका स्थानीय कमला विकले बताए ।

 

 

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!