पाटन–९ मा नयाँ अभ्यास : वडाका अगुवासहित सर्वपक्षीय योजना अनुगमन

बैतडी :  अधिवक्ता राजेन्द्र भट्ट करिब ७ बर्षपछि योजना अनुगमनमा पुगे । हिडेर सल्लेबासामा योजना अनुगमन गर्न जादैगर्दा उनले सम्झे गाविस तथा जिविस हुने बेलाको सर्वदलिय अनुमगनलाई ।

बैतडीको पाटन नगरपालिका–९ का अगुवा भट्टले त्यो बेलाको सयुक्त अनुगमनमा गाउँका बालबालिका तथा उपभोक्ताहरु सहभागी हुदैन् थिए भन्ने स्मरण गरे । उकालो बाटाे हिड्दै ओखलेश्वर मन्दीर पाटन नगरपालिका- ८ र ९ को बिचमा पुगे । सबैलाई जिस्किदै भने-‘वडाका बालबालिकाले समेतले हाम्रा विकासका काम हेर्न पाउने भए ।’

वकिल नामले परिचत भट्टलाई त कुन स्थानमा कुन समस्या छ भन्ने थाहा थियो तर अरु २०७४ स्थानीय तह भएपछि कति समाधान भए कति गर्ने बाँकी छ, कुन गाउँलाइ विकासबाट जनप्रतिनिधीले बच्चित गरेका छन भन्ने जानकारी पाए ।

उनीले मात्र हैन् । १६ बर्षिय सुरेन्द्र भाटलाई पनि थाहा भयो वडाले के-के विकासका काम गर्ने रहेछ हाम्रो वडामा के-के योजना वडाले बनायो भनेर, उनले भने, ‘यसरी सरकारी बजेटबाट योजना बन्ने रहेछन्, अनुमगन तथा निरिक्षण हामी पनि गर्नु पर्ने रहेछ भन्ने जानकारी हामीले उपभोक्ता अभिमुखिकरणबाट थाहा पाए ।’

बालबालिका र युवा सबैले यसरी आफ्नो वडा भित्र गत बर्ष र यो बर्ष निमार्ण भएका योजनाको विवरण मात्र जानकारी पाएनन् निमार्ण प्रक्रिया समेत बुझेको बताए ।

गत र चालू आर्थिक वर्षमा निर्माण सम्पन्न भएका तथा निमार्णाधिन योजनाहरुको वडा कार्यालयले सयुक्त अनुगमन गराएको छ । वडा भित्रका सबै योजनाहरुको शनिबार वडा अध्यक्ष कालु सिंह भाटको नेतृत्वमा अनुगमन गरिएको हो।

अनुगमनमा टोल विकास संस्थाका प्रमुख एवं प्रतिनिधि, उपभोक्ता समितिका अध्यक्ष, वडास्तरीय महिला संजाल, दलित संजालका प्रमुख एवं प्रतिनिधी, युवा संञ्जालका अध्यक्ष तथा प्रतिनिधी, वडासचिवसहित कर्मचारी, वडा अध्यक्ष भाटसहित वडा सदस्य, जिल्ला समन्वय समितिका सदस्य प्रेम सिंह भाटको सहभागिता रहेको थियो ।

अनुगमन कार्यक्रममा सहभागिहरुले योजनाको गुणस्तरितासंगै प्रभावकारिताका बिषय गंम्भीर छलफल गरेका छन् । भने समस्या भएका गाउँमा अगामी बजेटको प्राथमिकता राख्न अर्को गाउँका अगुवाले समेत सुझाव दिएका छन् । आफ्नो गाउँमा मात्र बजेट चाहियो भन्ने टोल विकास संस्थाका पदाधिकारीहरले अरु गाउँमा हाम्रो भन्दा बढी समस्या रहेछ भन्ने समेत अनुगमनबाट बुझेका कार्यपालिका सदस्य जयन्ती बिजलेले बताइन् ।

अनुगमनमा सहभागिहरुबाट नै वडाको विकासका लागि आवश्यक सुझाव संकलन समेत भएको उनले बताइन् । आम सर्बसाधारणहरुको प्रत्यक्ष संलग्नतासंगै जनप्रतिनिधी र प्राविधिक कर्मचारी मात्र काम गरेन् हैन जनताले आफ्नो योजनाको अनुगमन आफै गर्नु पर्छ भन्ने उद्देश्यले गरिएको अनुगमन प्रभावकारी भएकाे जिल्ला समन्वय समितिका सदस्य प्रेम सिंह भाटले बताए । उनले भने, ‘हामी यो भएन त्यो भएन भनेर चोक-चोकमा छलफल गछौँ, तर वास्तविकता के हाे फिल्डमा थाहा हुन्छ, यसरी सबै अगुवाहरु योजनामै पुगेर सकारात्मक नकारात्मक सुझाव दिएका छौँ, वडाले गरेकाे पहिलो अभ्यास राम्रो छ। ’

आम सर्बसाधारण र सेवाग्राहीहरुले योजना कार्यान्वयनमा पारदर्शीता मात्र देखाएको छैन थप जनश्रमदानमा बढी काम गरेको देखाएको वडा सचिव रामदत्त जोशीको भनाई छ । उनले भने, ‘अती आवश्यक स्थानहरुमा बजेट छ, नबनाई नहुने योजनामा खरिदपछिको काम अधिकास श्रमदान गरेका छन् ।’

वडा अध्यक्ष भाटले नागरिकहरुको आवश्यकता अनुसार कार्यक्रमहरु कार्यान्वयन गर्न वडा सरकार लागि परेको बताए । स–साना योजनादेखि वडाको पहिचानसँग जोडिएका कार्यक्रम कार्यान्वयनमा आफुहरु सक्रिय रहेको अध्यक्ष भाटले बताए । उनले भने, ‘मजबुद याेजना बनाउने प्रयास गरेका छाै सबैले अनुगमन जनुसुकै बेला पनी गरिदिए हुन्थाे ।’

सिद्धेस्वर माविको अधुरो भवन निर्माण समितिका अध्यक्ष कृष्ण सिंह भाटले वडामा भइरहेका योजनाहरुमा उपभोक्ताहरुले पनि चासो दिनुपर्ने धारणा राखे । उपभोक्ताहरुले गर्नुपर्ने जनश्रमदानमा सबै उपभोक्ताहरुको सहभागिता हुनुपर्ने उनको जोड थियो ।

धार्मिक क्षेत्रको योजनामा उपभोक्ताहरुको श्रमदान हुने तर अन्य योजनामा उपभोक्ताहरुले चासो कम दिइरहेको उनको भनाइ थियो । वडा कार्यालयबाट कार्यान्वयन हुने योजनाहरु सिन्तोषजनक रहेको र दीर्घकालिन समयसम्म महत्व राख्ने योजनाहरु कार्यान्वयन गरिनुपर्ने अनुगमनमा सहभागि युवा धन सिंह भण्डारीले सुझाव दिए ।

चालु आर्थिक बर्षका दुई वटा योजना मात्र सम्पन्न गर्ने बाँकी रहेको सबै योजना सम्पन्न गरेर अधिकास भुक्तानी समेत भइसकेको वडा अध्यक्ष भाटले बताए ।
संयुक्त योजना अनुगमन पाटन नगरपालिकाले गर्नु पर्नेमा वडाले नै अनुगमन गराएकाे छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.