१४ वर्षीया बालिका बलात्कारको आरोपमा बैतडीमा वृद्ध पक्राउ

बैतडी: 

बैतडीमा बलात्कारको आरोपमा ७० बर्षीय वृद्ध पक्राउ परेका छन् । जिल्लाको पाटन नगरपालिका वडा नम्बर १ मा बस्ने एक वृद्ध बलात्कारको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख कमल चौधरीले बताए ।

पक्राउ पर्ने र पिडीत १४ वर्षीया बालिकाको थर एउटै भएकाले नाम सार्वजनीक गर्ने नमिल्ने प्रहरीले जनाएको छ । फरक क्षमता अर्थात अपाङगता (बोल्न नसक्ने ) भएकी १४ वर्षीया बालिका माथि पुष महिनामा बलात्कार भएको बुझीएको छ ।

१४ वर्षीया बालिकालाई कसैलाई जानकारी गराए ज्यान मार्ने धम्की दिएकाले घरमा जानकारी नगराएको पिडीतले बताएको छ । फुपुको घरमा गएर फुपुलाई भएपछि घटना बाहिरीएको हो । घटना बहिरीए पछी पिडीत परिवारलाई आर्थिक लोपमा पार्न प्रयास भएको स्थानीयले बताए ।

घटनापछि किशोरीलाई सुधपुक्ष गर्दा उनले ती वृद्ध तिर संकेत गरेकी थिईन् । आमाले दिएको जाहेरी दरखास्त अनुसार पक्राउ गरी वृद्धलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनमा राखीएको छ ।

बालिका बलात्कारमा परेको जाहेरी आएको छ, इलाका प्रहरी कार्यालय पाटनका प्रमुख चौधरीले भने, मुद्दा दर्ताको प्रक्रियामा छ । उनले बालिका र आरोपितको मेडिकल भइसकेकाे छ । बालिकाको पेटमा तीन महिनाको गर्भ रहेको समेत आशंका गरिएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.