बैतडीको पाटनमा फेला परेको शव आफन्तले बुझे

बैतडी : बैतडीको पाटनमा फेला शव आफन्तले डडेल्धुरा बुझेका छन् । आईतबार जिल्लाको पाटन नगरपालिका(६ पाटन पञ्चेश्वर सडक खण्डमा पर्ने गाईडाखोला नजिकको खेतको खोल्सोमा शव फेला परेको थियो ।

डडेल्धुराको अमरगढी नगरपालिका ५ बस्ने अन्दाजी ५० बर्षीय रुपक जैरुको शव फेला छोरीसहितका आफन्तले बुझेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । उनको पोष्टमाटम समेत डडेल्धुरा अस्पतालमा गर्ने गरेर लगिएको आफ्न्त प्रकाश जैरुले बताए ।

४ गतेबाट सम्र्पकमा नआएका जैरु मदिरा सेवन अधिकाश समयमा गर्ने गरेको बुझीएको छ । सिलाई सेन्टरमा काम गर्ने पाटन आएका जैरु पाटन बाट दार्जुलामा काम गर्ने छोरासंग बस्छु भनेर गएका हुन् ।

उनका दुई छोरा रहेका छन भने श्रीमतीको ८ बर्ष पहिले ने मृत्यु भइसकेको आफ्न्त बिमल जैरुले बताए ।

आईतबार साझँ उनको शव स्थानीय घास काट्ने महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खर काटनेले फागलाबाट करिब २ सय मिटर तल खोल्सोसम्म लेडेको जस्तो अवस्थामा शव भेटीएको थियो । मृत्युको कारण पत्ता लगेको छैन् । प्रहरीले घटनाको थप अनुसान्धन भइरहेको जनाएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.