सुदूरपश्चिम इन्चार्ज पोखरेलले भने-‘माओवादीबाट मुख्यमन्त्री खगराजलाई नै बनाउने निर्णय भएको छ’

बैतडी : नेकपा माओवादी केन्द्रका उपमहासचिव, सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले सुदूरपश्चि प्रदेशमा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्री खगराज भट्टलाई नै बनाउने निर्णय भएको बताएका छन् ।

बैतडीको पाटनमा शोमबार प्रेस सेन्टर बैतडीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्ता बताएका हुन् । ‘भोलीका दिनमा पार्टीको तर्फबाट मुख्यमन्त्री बनाउदाँ उहाँलाई नै बनाउने एक किसिमको सहमति भइ संसदीय दलको नेता भन्दा मर्यादा माथि राखिएको उनले बताए । उनले भने, ‘हिजोका दिनमा अध्यक्ष प्रचण्ड संसदीय दलको नेता भएको पनि बाबुराम जि प्रधानमन्त्री बनाएको हो नी त्यसरी नै गरिन्छ ।’

सुदूरपश्चिम प्रदेश इन्चार्ज पोखरेलले संसदीय दलको नेता परिर्वतनका बिषयमा स्थायी समितिकाे बैठकमा बिशेष छलफल भइसकेको बताउँदै अबका दिनमा यस्ता गलती नदोहोराउने खालको निर्णय भएको प्रष्ट परे ।

‘सुदूरपश्चिको एउटा आन्दोलनबाट आउनु भएको व्यक्तित्व हुन्नुहुन्छ, संसदीय दलमा हिजोका दिन छलफलहरु हुदाँ विभिन्न कारणले दल नेता परिर्वतन भयो।’ उनले भने, ‘त्यो बारेमा पार्टीको स्थायी कमिटी बैठकमा यस्तो खालको निर्णय अगामी दिन नबढाउने गरेर अहिले दलकाे विधानतह भएको निर्णय सकरात्मकरुपमा अगाडी बढाउने सहमती भएको छ ।,

संसदीय दल लगायतको बिषयमा माओवादी केन्द्र भित्रको अस्पष्टता चिरिएर खजराज भट्ट, बिना मगर लगायतकाे टिम जिल्ला-जिल्लामा दुई महिने अभियान अभिमुखिकरण कार्यक्रममा लागेका पूर्वमन्त्री पोखरेलले बताए ।

एक फरक प्रंशगमा बोल्दै पूर्वशिक्षा मन्त्री समेत पोखरेलले शिक्षक संगठनहरुमा बौद्धिक व्यक्तीहरु भएकाले ऐन कानुन निमार्णका लागि आवश्यक भएको बताए ।
शिक्षकले राजनिती गर्ने हैन पार्टीलाई सल्लाह सुझाव दिन सक्छन, पढाउने समय बाहेक अन्य समय पार्टीलाई दिन सक्छन उनले भने, झण्डा बोकेर चुनावै लडन शिक्षाको नैतिकताले दिदैन गर्नु पनी हुदैन् ।

 

 

 

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.