बैतडीको पाटन–९ द्धारा विधुर पुरुष सम्मान

बैतडी : बैतडीको पाटन नगरपालिका–९ मा विधुर पुरुषहरुलाई सम्मान स्वरूप कम्बल वितरण गरिएको छ । वडाभित्र रहेका ५० वर्षमाथिका र ६८ वर्ष मुनिका सामाजिक सुरक्षा भत्ता नपाउने  सात विधुर पुरुषहरुलाई कम्बल वितरण गरिएको हो ।

सोमबार वडा कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमकाबीच  सात जनालाई कम्बल तितरण गरिएको वडा अध्यक्षा कालुसिह भाटले बताए । चुनावी घोषणापत्रमा उल्लेख गरिएअनुसारका कार्यक्रम अन्तरगत सोमबार विधुर पुरुषलाई कम्बल वितरण गरिएको सोही वडाबाट निर्वाचित जनप्रतिनिधि एवं जिल्ला समन्वय समितिका सदस्य प्रेम सिंह भाटले जानकारी दिए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.