बैतडी :
बैतडीमा नेकपा माओवादी केन्द्रको दुई महिने अभियान अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको पाटन नगरपालिकामा स्थानीय तहगतरुपमा छलफल गर्दै कार्यक्रम सम्पन्न भएको जिल्ला संयोजक शंकर भण्डारीले बताए । पार्टीलाई व्यवस्थित र सृदृढ गर्न दुई महिने अभियान चलाइएको नेकपा माओवादी केन्द्रका उपमहासचिव, सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले बताए ।
दुई महिने अभियानले पार्टी संगठन सुढृढिकरणको अभियानमा पार्टीपंक्ति सबै लागेको उनको भनाई छ । वडा अधिवेशनको मिति छिटै सार्वजनीक हुने भएकाले तयारी गर्ने निर्देशन दिएको पाटन नगर कमिटी अध्यक्ष तर्कसिह ठगुन्नाले बताए ।
अभिमुखिकरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सह इन्चार्ज बिना मगर, प्रदेश अध्यक्ष, उपाध्यक्ष, प्रदेश सदस्य, जिल्ला समन्वय सदस्य लगायतका नेताहरुको उपस्थीतिरहेको थियो ।