पाटन–९मा धामीझाँक्री सम्मान तथा आध्यात्मिक बहस कार्यक्रम

बैतडी :  बैतडीको पाटन नगरपालिका–९ मा धामीझाँक्री सम्मान तथा आध्यात्मिक बहस कार्यक्रम गरिएकाे छ । वडा कार्यालयको आयोजनामा वडा भित्र रहेका ३४ जना धामीझाँक्रीहरुलाई एक समारोहकाबीच सम्मान गरेको वडा अध्यक्ष कालू सिंह भाटले बताए ।

चालू आर्थिक वर्ष २०८०/०८१ मा वडा कार्यालयले सम्मान कार्यक्रमका लागि बजेट बिनियोजित गरिएको र सोही कार्यक्रम बाट सम्मान गरिएको वडा सचीव रामदत्त जोशीले बताएका छ्न ।

वडाका विकास निर्माणका कार्य संगसंगै समाजका हरेक क्षेत्रमा रचनात्मक कार्यहरु गर्दै आइरहेको वडाले पछिल्लो समयमा आध्यात्मिक बहस समेत संचालन गरेको वडाले जनाएको छ ।

धार्मीक कार्यहरुमा एकरुपता, विकास निर्माणमा सहभागिता, सामाजिक कुरिति न्यूनिकरण, समुन्नत समाज निर्माणका पाइला र असल अभ्यास लगायतका विषयबस्तुमा केन्द्रित रही बहस गरिएको जिल्ला समन्वय समितिका सदस्य प्रेम सिंह भाटले जानकारी दिए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.