उद्योग मन्त्री भण्डारीको सम्पत्तिः ६ तोला सुन, ८ लाखको सेयर, १० लाख ऋण

ललित बोहरा/ बैतडी :  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको ६ तोला सुन, ८ हजार कित्ता सेयर, २ राेपनी पाटनमा र २ कट्टा कञ्चनपुरमा जग्गा लगायत रहेको सम्पत्ति विवरण सार्वजनिक भएकोछ।

मन्त्रिपरिषद्ले सार्वजनिक गरेको सो विवरणमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-८ मा श्रीमती कविता भण्डारीको नाममा जमिन, पाटन -६ बैतडी बुवाकाे नाममा दुई रोपनी पुखौली जग्गा, ८ कोठे घर, तथा संगम अस्पतालमा छोराको नाममा ८ हजार कित्ता सेयर अर्थात ८ लाखको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ। सो ८ लाख जग्गा विक्रीबाट प्राप्त भएको उल्लेख छ।

मन्त्री भण्डारीको आफ्नो नाममा ८ लाख ६४ हजार नगद, श्रीमतीको नाममा ३ लाख ६३ हजार नगद बैँकमा जम्मा रहेको विवरणमा उल्लेख छ । तर प्राप्त स्रोत उल्लेख छैन् । २०७९ साल ३ महिना ५ गते लिएको १० लाख ऋण  पनि देखाएको छ ।

६ तोला सुन श्रीमतीको पारिश्रमिक तथा कृषि व्यवसायबाट खरिद गरिएको देखिएको छ ।

बैतडीबाट प्रनिनिधि सभा सदस्यमा निर्वाचित सांसद हुन भण्डारी। उनी ३३ हजार ६ सय ११ मत ल्याएर विजयी भएका थिए।

भण्डारी तेस्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। उनी तत्कालिन गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजय भएका थिए। उनका प्रतिस्पर्धी माओवादीका नरेन्द्र कुँवर पराजित बन्न पुगेका थिए।

 

https://www.opmcm.gov.np/wp-content/uploads/2024/05/%E0%A4%A6%E0%A4%BE%E0%A4%AE%E0%A5%8B%E0%A4%A6%E0%A4%B0-%E0%A4%AD%E0%A4%A3%E0%A5%8D%E0%A4%A1%E0%A4%BE%E0%A4%B0%E0%A5%80.pdf

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!