बैतडी : भुमेश्वर मावि ठाड बगाडी पाटन-४ बैतडीको बिद्यालय ब्यबस्थापन समिति अध्यक्षमा दिपक सिह बिष्ट चयन भएको छ ।
बुधबार जेष्ठ सदस्य गम्भीर चन्दको अध्यक्षतामा बसेको बैठकले पाटन नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिष्टलाई विव्यस अध्यक्ष चयन गर्ने निर्णय भएको शिक्षक देवसिह ठगुन्नाले बताए ।
सदस्यमा गम्भीर चन्द, खेमराज भट्ट,मञ्जु महरा, सुनिता ओव विक, पुस्कर बिष्ट, चन्द्रा भट्ट रहेका छन् । अध्यक्ष बिष्टले अब प्रधानाध्यापकका लागि विद्यालय विकास प्रस्ताव माग गर्ने छन् ।