डडेल्धुराको अजयमेरुमा एक हप्ते निःशुल्क योग शिविर हुँदै

डडेल्धुरा : डडेल्धुराको अजयमेरुमा एक हप्ते निःशुल्क योग शिविर हुने भएको छ ।

गाउँपालिका आयोजना र पतन्जली योग समितिको सहयोगमा जेठ ११ गतेदेखि १७ गतेसम्म योग शिविर हुन लागेको हो ।

एक साता अजयमेरु गाउँपालिका सभाहलमा हरेक दिन विहान ५ बजेदेखी साढे ६ बजेसम्म योग शिविर सञ्चालन हुने गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्ट विकासले बताए ।

रोग गरौ, निरोग रहौ भन्ने मुल नाराका साथ योग शिविरको आयोजना हुन लागेको छ ।

नसर्ने रोगहरुको जोखिम बढिरहेको अवस्थामा योगबाट यस्ता रोगहरुको जोखिम कम गर्न र तनावमुक्त जीवन जिउन प्रेरित गर्ने उद्देश्यले शिविर गर्न लागिएको अध्यक्ष भट्टले बताए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.