बैतडी : समाज निर्माणमा असल परिवारको भुमिका र मनोसमाजिक परामर्शबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बैतडीको पाटन नगरपालिका-९ को आयोजनामा संचालन गरिएकाे अन्तरक्रिया कार्यक्रममा शिक्षाक धन बहादुर महराले समाज निर्माणमा असल परिवारको भुमिका प्रशिक्षण गरेका छन्र । वडा सचिव रामदत्त जोशीले व्यक्तिगत घटना दर्ता, जन्म मुत्यु, बसाइसराइ, जिल्ला समन्वय समिति बैतडीका सदस्य प्रेम सिंह भाटले बालबिबाह, लैङ्गिक हिंसा र लागुपदार्थ दुव्र्यसनी बारे प्रशिक्षण गरेकाे जनाएकाे छ ।
महिला तथा बालबालिका शाखा प्रमुख भण्डारीले लैङ्गिक हिंसा निवारण कोष, हिंसामा परेका व्यक्तिहरुलाइ उपलब्ध गराउन सकिने सेवा सुविधा र प्रावधान र सामुदायिक मनोसमाजिक कार्यकर्ता लक्ष्मी भण्डारीले मनोसमाजिक परामर्श बारे जानकारी गराएको वडा सचिव रामदत्त जोशीले बताएका छन् ।
वडा कार्यालयको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रम वडा अध्यक्ष भाटको अध्यक्षतामा संचालन गरिएको थियो भने कार्यक्रमको संचालन कार्यालय सहायक मदन सिंह भाटले संचालन गरेका थिए ।
६५ जना भन्दा बढी सरोकारवालाहरुको सहभागितामा संचालन गरिएको उक्त कार्यक्रमको अन्तमा लैङ्गिक हिंसा नगर्ने -नगराउने सामुहिक प्रतिवद्धता गरेका थिए ।