ललित बोहरा, बैतडी: शिक्षकले नयाँ प्रविधिसंग नजोडिए सिकाई उपलब्धी हासिल गर्ने नसकिने पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको भनाई छ । बैतडीको पाटन नगरपालिका-९ मा ज्ञानेश्वर नमुना मावि विजयपुरले आयोजना गरेको छलफल कार्यक्रममा उनले यस्तो भनाई राखेको हुन् ।
‘नयाँ-नयाँ प्रविधिसंग बालबालिका परिचित हुने शिक्षक नहुने अवस्था आयो।’ पूर्वमन्त्री पोखरेलले भने, ‘अब हाम्रा शिक्षकहरु पनि नयाँ-नयाँ प्रविधिहरुसंग कसरी हुन्छ जोडिनुस, अनि नयाँ खालको सिकाई उपलब्धी हुन्छ, काेराेनाले केही सिकाएकाे छ।’
शिक्षकले राजनितीमा कम कक्षा कोठामा बढी समय दिनु पर्नेमा उनको जोड छ । नमुना मावि भौतीक संरचनाले मात्र हैन शिक्षाको गुणस्तरमा पनि नमुना हुनु पर्ने पूर्वमन्त्री पोखरेलको भनाई थियो ।
शिक्षा मन्त्री भएको समयमा देशभरका एक हजार बिद्यालयलाई नमुना विकासको अबधारणमा ल्याएको बताए । ‘म शिक्षा मन्त्री भएको समयमा एक हजार बिद्यालयलाई नमुना बनाउने उद्देश्य कार्यक्रम ल्याएको अस्तीसम्म ५ सय वटा राम्रो भएको आएको छ अब शिक्षाको गुणस्तर बृद्धीका लागि पुस्तक मात्र पढाएर भएन।’ उनले भने, ‘बढदै कमाउदै भन्ने अवधारणलाई कसरी विकास गर्ने सकिन्छ, ध्यान दिनुस ।’
स्थानीय तहले बिद्यालयहरुलाई समस्या परेको समयमा सहयोग गर्नुपर्ने र हस्ताक्षेप गर्ने नहुने उनलेको बुझाइ छ । ज्ञानेश्वर नमुना माविको १ करोड गत आर्थिक बर्षमा फ्रिज भएकाले पुनः विनीयोजनका लागि सहयोग गर्नु पर्ने बिद्यालय व्यवस्थाप समितिका अध्यक्ष तथा वडा नम्बर ८ का वडा अध्यक्ष हरिष बिष्टले माग राखेका छन् ।
उनले भने, ‘विभिन्न कारणले हाम्रो बिद्यालयको १ करोड बजेट फ्रिज भएको छ पुन: विनियोजनका लागि सम्बन्धीत ठाउँमा फाईल पेस भएको छन् पूर्वमन्त्री ज्यूले सहयोग गर्नहुने छ भन्ने बिद्यालय परिवारलाई आशा छ । ’
पूर्वमन्त्री पोखरेलले देशभर एक जिल्लामा एक नमुना विद्यालय राख्ने अवधारणा भएपनि बैतडीमा मेलौली र पाटन नगरपालिका गरेर दुई बिद्यालयलाई नमुना बनाउने छनोट गरिएको बताए ।
बिहिबार बिद्यालयमा विव्यस अध्यक्ष बिष्टको अध्यक्षतामा आयोजित स्वागत कार्यक्रम पूर्वमन्त्री पोखरेल, पाटन नगरपालिका नगर उपप्रमुख कमल सिह बोहरा, वडा नम्बर ९ वडा अध्यक्ष कालुसिह भाट, प्रधानाध्यापकसहित शिक्षक, अभिभावकहरुको उपास्थिति थियो ।