बचपानीबाट पाटनमा ल्याएकाे गिट्टीमा मान्छेको टाउको भेटिए

बैतडी :  बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ । पाटन बजारको पछाडीमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा आइतबार मान्छेको टाउको भेटिएको हो ।

गिट्टीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्लाको सुर्नया गाउँपालिको बचपानीबाट पाटन ल्याएको गिट्टीमा कपाल र हडीमात्र भएको टाउँको भेटीएको पाटन इलाका प्रहरीले जनाएको छ । टाउको कुकुरले गिट्टी फालेको सडकबाट १ सय मिटर टाढा पुगाएको छ ।

घटना स्थलमा चिकीत्सक र जनप्रतिनिधीसहित मुचुलका बनाएर टाउकोलाई कालो कागजमा राखेर जिल्ला प्रहरीमा पठाएको प्रहरी कार्यालय पाटन बैतडीका प्रहरी निरीक्षक कमलप्रसाद चौधरी बताए ।  ‘टाउको भेटिएको भए पनि महिलाको हो कि पुरुषको हो कि भन्ने चिन्न नसकिने अवस्थामा रहेको छ’, प्रहरी निरीक्षक चौधरीले भने ।

Leave A Reply

Your email address will not be published.