डडेल्धुराको अजयमेरुमा एक हप्ते निःशुल्क योग शिविर सुरु

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकामा एक हप्ते निःशुल्क योग विज्ञान शिविर सुरु भएको छ ।

गाउँपालिकाको आयोजना र पतन्जली योग समितिको सहयोगमा शुक्रबार विहानदेखि योग शिविर सुरु भएको हो ।

एक साता अजयमेरु गाउँपालिका सभाहलमा हरेक दिन विहान ५ बजेदेखी साढे ६ बजेसम्म योग शिविर सञ्चालन हुने गरी शुक्रबारबाट सुरु भएको गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्ट (विकास)ले बताए ।

रोग गरौ, निरोग रहौ भन्ने मुल नाराका साथ सुरु भएको योग शिविरमा जनप्रतिनिधी, कर्मचारी तथा अन्य योगप्रेमीहरुको उपस्थीती रहेको अजयमेरु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेश पालले बताए ।

नसर्ने रोगहरुको जोखिम बढिरहेको अवस्थामा योगबाट यस्ता रोगहरुको जोखिम कम गर्न र तनावमुक्त जीवन जिउन प्रेरित गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको शाखा प्रमुख पालले बताए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.