बैतडी : बैतडीको पाटन नगरपालिका- १ पोषणमैत्री घोषणाका लागि सरोकारवालासंग सुंचाकहरुकाबारे छलफलमा जुटेको छ । शुक्रबार वडा अध्यक्ष तर्कसिह ठगुन्नाको अध्यक्षमा वडा नम्बर एक भित्रका सरोकारवालाहरुसंग सुँचाकहरुका बिषयमा बृहत छलफल गरिएको हो ।
शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला तथा बालबालिका लगायत ७ क्षेत्रका अगुवाहरुलाई सहभागी गराएर छलफल गरिएको वडा सचिव डम्बर पाण्डेयले बताए ।
पोषण मत्री वडा घोषणाका लागि २२ स्वास्थ्यका सुँचाकसहित ७६ सुँचाक पुरा गर्नु पर्ने बिषयमा अभिमुखीकरण गरिएको सकार स्वाथ्य चौकीका प्रमुख नरेन्द्र भटराईले बताए । उनले भने, ‘हाम्रोमा ७६ सुंचाकको तालिका लगाएका छौ, सुंचाक मध्ये सुचाकका बिषयमा सरोकारवालाहरुलाई अभिमुखीकरण पनि थियो, त्यो आज गरिएको हो। ’
सुंचाकमा लैगिक हिसां शून्य हुनु पर्ने लगायतका बिषयमा समेत छलफल गरिएको पाटन नगरपालिका वडा नम्बर १ का सिपीएसडब्लु मालती बिष्टले बताइन् । वडा नम्बर १ मा महिला हिसाँका घटना रोक्न वडा कार्यालयको पहलमा प्रहरी चौकी स्थापना भएपछि जथाभवी मदिरा बिक्री, वितरण समेत नियम भएको उनको भनाई छ ।
वडा कार्यालयले कक्षा १ देखी ९ सम्म कक्षा ८ बाहेक वडा स्तरिय परिक्षा गरेकाले अगामी दिनमा नजिता सुधार आउने छलफलमा भुवनेश्वर आधारभुत बिद्यालय लदौलीका प्रधानाध्यक गगन सिह भण्डारीले बताए ।
कार्यक्रममा जनप्रतिनिधी, प्रधानाध्यपकसहित शिक्षक, महिला स्वास्थ्य सेयमसेवीका, वन समितिीका अध्यक्ष, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कर्मचारी लगायत सरोकारवालाहरुको उल्लेख्य उपस्थीती रहेको थियो ।