बैतडी : बैतडीमा सरकार-कैलापल जोड्ने सुनर्यागाडमा निमार्णधिन मोटेरेबल पुलको ठेक्का तोड्न फेरी १५ दिने सुचना जारी भएको छ । जनप्रतिनिधी र स्थानीयको पटक पकटको दबाबपछि जिल्लाको पाटन नगरपालिका सुर्नया गाडमा निर्माणाधिन मोटेरेबल पुलको ठेक्का रद्द प्रक्रिया थालिएको छ । ठेक्का रद्द गरेर कालोसुची राख्ने प्रक्रिया अन्र्तगत यस आगडी निमार्ण कार्य सम्पन्न गर्न सम्बन्धी १५ दिने सूचना जारी गरिएको र अहिले ठेक्का तोड्ने सूचना केन्द्रीय पत्रिका प्रकाशित गरेको सडक कार्यालयका सूचना अधिकारी इन्जीनियर असिम रसाईलीले बताए ।
१० बर्ष अगाडी सम्झैता भएको लोर्खा,सकार(कैलपाल जोड्ने सुर्नया गाड पुल र ६ बर्ष अगाडी निमार्ण सुरु भएको पाटन( पञ्चेश्वर सडकमा पर्ने गोइडाखोलामा रहेको पुल ठेक्का तोड्ने अन्तीम चरणको प्रक्रिया थालिएको सडक डिभिजन कार्यालय पाटनका सूचना अधिकारी इन्जीनियर रसाईलीको भनाई छ ।
सडक डिभिजन कार्यालय पाटनले निमार्ण कार्य सम्पन्न गर्ने सम्बन्धी १५ दिने सूचना जारी गरेको छ । पटक-पटक म्याद थप गर्दा पनि निमार्ण व्यवसायीलाई लिखित तथा मौखिक निर्देशनमार्फत जानकारी गर्दा समेत लामो समयसम्म निमार्ण कार्य गर्ने कुनै चासो नदेखाएकाले ठेक्का तोड्ने सूचना अधिकारी इन्जीनियर असिम रसाईलीले बताए ।
सार्वजनीक खरिद ऐन २०६३ तथा सार्वजनीक खरिद निमावाली २०६४ अनुसार ठेक्का रद्द हुने उनले बताए ।
ठेक्का सम्झैता अन्त्य गरि कालोसूचि राख्ने तथा कार्यसम्पादन जमानत, अग्रीम भूक्तानी बैंक जमानत, धरौटी मार्फतको रकम जफत गर्नुका साथै बाँकी काम गर्न लाग्ने खर्च निमार्णस्थल सुरक्षामा लाग्ने खर्च समेत सरकारी बाँकी सरह मानी असुल उपर गर्ने सूचना अधिकारी इन्जीनियर रसाईलीले बताए ।
उद्योग मन्त्री दामोदार भण्डारीलाई कार्यालय प्रमुखको बैठकमा ७ दिन भित्र ठेक्का तोड्ने डिभिजन प्रमुख मुकुन्द प्रशाद लामिछानेले विश्वास दिलाएपनि त्यो सात दिन भित्र सूचना प्रकाशित मात्र भएको छ । यो बर्ष पुल निमार्ण नहुने तथा मन्त्रीको निर्देशनको समेत पालना सडकले नगर्ने थालेपछि एमाले बैतडीका नेताहरु शुक्रबार सडक कार्यालय पुगेका छन् । उनीहरुले पुल निमार्णमा भएको ठिलासुस्ती तथा कार्यालय प्रमुखको गैरजिम्मेवारी माथि बिषेश छलफल गरेका छन् ।
पुल निमार्ण तथा ठेक्का तोड्ने काम केही दिनमै सम्पन्न नगरेका आन्दोलन गर्ने बाध्य हुने एमाले बैतडीको उपाध्यक्ष लोकेन्द्र भडारीले बताए । उनले प्रमुख जिल्ला अधिकारीसंग पनि बेला बेलामा कुरा भइरहेको र यो सूचनाको भाषागत समस्यामा सडक कार्यालयको कमजोरी प्रष्ट भएको बताए ।
कार्यालय प्रमुखसहितका केही कर्मचारी केही दिनदेखी कामको शिलशिलामा काठमाण्डौको सूचना अधिकारीको भनाई छ ।
पाटन–लोर्खा–सकार–कैलपाल सडकखण्ड अन्तर्गत सुर्नया गाडको त्रिपुरेश्वरमा निर्माणाधिन मोटरेबल पुल आर्थिक वर्ष २०७१ भदौ १५ बाट निर्माण कार्य सुरु गरेर ३ वर्षभित्र निर्माण सम्पन्नको लक्ष्य राखिएको सो पुलको निर्माण कार्यले अहिलेसम्म पूर्णता पाउन सकेको छैन् । भने ६ बर्षदेखि पाटन पञ्चेश्वर सडकमा पर्ने खाईडाखोला पुल निमार्णधिन छ । निर्माण कार्य प्रारम्भ गरेको लामो समयसम्म पुल निर्माण नहुँदा स्थानीय नागरिकहरु पनि आक्रोशित बनेका छन् ।